वासिङ्टन । अमेरिकी राष्ट्रपति पदका लागि प्रतिश्पर्धामा रहेका दुई उम्मेदवार बीचको दोस्रो बहस औपचारिक रुपमै रद्ध गरिएको छ ।
राष्ट्रपति पदका उम्मेदवार समेत रहनु भएका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो बहसमा सहभागी नहुने घोषणा गरेपछि राष्ट्रपतीय बहस आयोगले औपचारिक रुपमै बहस रद्ध गरेको हो ।
राष्ट्रपति पदका अर्का उम्मेदवार जोए बाइडेनले भने आफू बहसका लागि तयार नै रहेको बताउँदै आउनु भएको छ । राष्ट्रपतीय बहस आयोगले यही अक्टोबर १५ तारिखका दिन गर्ने गरी दोस्रो बहसको तयारी गरिरहेको थियो ।
राष्ट्रपति ट्रम्पलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएकाले दोस्रो बहस भर्चुअल रुपमा गर्ने तयारी भइरहेको थियो । यसअघि पहिलो बहस भौतिक रुपमै सहभागी भएर भएको थियो । सो बहसमा राष्ट्रपति ट्रम्पको प्रस्तुति फितलो भएको चर्चा चलिरहेका बेला उहाँले दोस्रो बहसमा सहभागी नहुने घोषणा गर्नुभएको थियो ।
उहाँले आफू राष्ट्रपतीय बहसका लागि अनिच्छुक रहेपनि चुनावी र्यालीका लागि भने तयार रहेको शुक्रबार बताउनु भएको थियो । गत शुक्रबार कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएका ट्रम्पले एक हप्ता नहुँदै उहाँले आफूलाई पूर्ण स्वास्थ्य लाभ भइसकेकाले र्यालीमा सहभागी हुन सक्षम रहेको दाबी गर्नुभएको हो ।
उहाँका चिकित्सकहरुले पनि राष्ट्रपति ट्रम्पको थेरापी सकिएको र उहाँको अवस्था धेरै राम्रो भइसकेको बताएका छन् ।
अमेरिकामा कोरोनाभाइरसका कारण अहिलेसम्म दुई लाख दश हजारभन्दा बढीको मृत्यु भइसकेको छ । अरु लाखौं सङ्क्रमित भएका छन् ।
राष्ट्रपति ट्रम्प कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपछि गत शुक्रबार अस्पताल जानु भएको थियो भने सोमबार निवास फर्किनु भएको थियो । निवासबाटै पनि उहाँलाई उपचार गराइरहेका चिकित्सकहरुले राष्ट्रपति ट्रम्प अब सार्वजनिक कार्यक्रममा सहभागी हुनसक्ने बताएका छन् ।
उहाँका फिजिसियन नाभी सेन कोन्लीले शनिबारदेखि राष्ट्रपति ट्रम्प सार्वजनिक गतिविधिहरुमा सहभागी हुन सक्षम रहेको जानकारी दिनुभएको हो ।स्थानीय समयअनुसार बिहीबार राती फक्स न्युजलाई दिएको अन्तरवार्तामा उहाँले शनिबार फ्लोरिडामा हुने र्यालीमा आफू सहभागी हुन चाहेको बताउनु भएको थियो ।
टेलिफोनबाट गरिएको अन्तरवार्ताका क्रममा उहाँले आफू कुनै कुरामा पनि कमजोर र असक्षम छु जस्तो नलागेको जवाफ दिनुभएको थियो । सोही अन्तरवार्तामा दोस्रो राष्ट्रपतीय बहसमा भने आफु सहभागी हुन नचाहेको उहाँले बताउनु भएको थियो । उहाँहरुबीचको तेस्रो राष्ट्रपतीय बहस भने यही अक्टोबर २२ तारिखका लागि तय गरिएको छ । त्यसका बारेमा भने अहिलेसम्म अन्यौलता नै रहेको छ ।
अमेरिकामा आगामी नोभेम्बर ३ तारिखका दिन हुने राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति ट्रम्प रिपब्लिकनको तर्फबाट र पूर्व उपराष्ट्रपति बाइडेन डेमोक्र्याटको तर्फबाट प्रतिश्पर्धा गर्न लाग्नु भएको छ ।
त्यसैगरी उपराष्ट्रपतिमा ट्रम्पको पक्षबाट वर्तमान उपराष्ट्रपति माइक पेन्स र बाइडेनको पक्षबाट कमला ह्यारिसका बीचमा प्रतिश्पर्धा हुन लागेको छ ।
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल