संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले कमजोर स्वास्थ्य संरचना र स्वास्थ्यमा नागरिकको पहुँचको कम भएका कारण कोभिड १९ बाट धेरै मानिसको ज्यान गएको बताएका छन ।
महासचिव गुटर्रेसले भने, ‘कोभिड- १९ को महाहामारी शुरु भएपछि यसबाट दश लाभन्दा बढी मानिसको ज्यान गएको छ र यतिधेरै नागरिकको ज्यान जानुमा ती देशको कमजोर अवस्था हो ।’
संयुक्त राष्ट्रसंघीय महासचिव गुटर्रेसले कतिपय नागरिकको स्वास्थ्यमा पहुँच नै नभएको त कतिपय देशमा नागरिकका लागि आवश्यक र पर्याप्त मात्रामा स्वास्थ्यका संरचना तथा सुविधा नै नभएको बताए ।
उनले गत वर्ष आफूले नै विश्वमा स्वास्थ्य सुविधा सबै नागरिकको पहुँचमा नरहेको र महंगो बन्दै गएको स्वस्थ्य सुविधा लिन नागरिकहरुको सामथ्र्य नभएको बताएको स्मरण गरे । यस्तो अवस्थामा अकस्मात कोभिड १९को महामारी बढ्दै गएपछि यस संरचनाबाट नै धेरै नागरिकले सुविधा पाउन नसकेका उनले जनाए ।
नागरिकको स्वास्थ्यमा पहुँच विषयक संयुक्त राष्ट्रसंघीय एक उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले सो धारणा राख्नुभएको हो । अहिलेको अवस्थामा नागरिकलाई स्वास्थ्य सुविधामा पहुँच बढाउनुपर्नेमा उनले जोड दिदै विश्वमा दश लाखभन्दा बढी नागरिकको ज्यान गएको भन्दै अबका दिनमा सबै नागरिकलाई स्वास्थ्य सुविधाको उपलब्धताका लागि लाग्न विश्वका सबै सदस्य राष्ट्रहरुलाई आग्रह गरे ।
आफूले गत वर्षमात्र पनि विश्वको कम्तीमा पनि आधाजति जनसंख्या पर्याप्त स्वास्थ्य सुविधाबाट वञ्चित नै हुनुपर्ने अवस्था रहेको कुरा औंल्याएको तर त्यस समयमा कुनै पनि देशले आफ्नो कुरामा ध्यान नदिएको उनले बताए । तर अहिले कोभिड-१९ को महामारीले यो अवस्था स्पष्ट रुपमा देखिएको उनले जनाए।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने