स्टकहोम। अमेरिकी कवियत्री लुईस ग्लुकलाई साहित्य तर्फको नोवेल पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ । कवितामा पारिवारिक जीवन र मानव हुनुका पिडासम्वन्धी विषयहरुलाई अति प्रभावकारी तरिकाले प्रस्तुत गरिएकाले उहाँलाई नोवेल पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो । नोवेल पुरस्कार छनौट कमिटिले बिहीबार उहाँलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको समाचारमा जनाइको छ ।
नोवेल पुरस्कारको ११२ वर्षीय इतिहासमा नोवेल साहित्य पुरस्कार पाउने उहाँ १६औ महिला साहित्यकार हुनुहुन्छ । न्युयोर्कमा जन्मिनु भएकी ग्लुक अहिले ७७ बर्षको हुनुभएको छ । उहाँ याले विश्वविद्यालयको संकाय सदस्य पनि हुनुहुन्छ ।
उहाँलाई कवितामा मृत्यु, बाल्यकाल र पारिवारिक जीवनलाई काव्यिक शैलीमा प्रस्तुत गर्न सिपालु कवियत्रीका रुपमा चिनिन्छ ।उहाँले सन् १९९३ मा द वाईल्ड आईरिसका लागि पुलिट्जर पुरस्कार र सन् २०१४ मा नेस्नल बुक अवार्ड पनि पाउनु भएको थियो ।
यस बर्ष नोवेल पुरस्कार घोषणा गर्नेक्रममा चिकित्साशास्त्र, भौतिक शास्त्र र रसायनशास्त्रका विजेताको नाम यसअघि नै घोषणा भइसकेको छ ।साहित्य तर्फको नोवेल पुरस्कार गत बर्ष पोल्याण्डका लेखक ओल्गा तोकाचुक र अस्ट्रियाका नाटककार पिटर हान्क दुवैलाई संयुक्त रुपमा प्रदान गरिएको थियो ।
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल