वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा तैनाद अमेरिकी सेनालाई क्रिसमस पहिले नै स्वदेश फर्काइने बताउनु भएको छ ।
उहाँले सामाजिक सञ्जाल ट्वीटरमार्फत् अमेरिकी सबै सेनालाई आगामी क्रिसमस पहिले नै फिर्ता गर्ने जानकारी बिहीबार गराउनुभएको हो ।
उहाँले भन्नुभयो, “अफगानिस्तानमा कार्यरत अमेरिकी बहादुर सेनाहरू अब सानो सङ्ख्यामा त्यहाँ रहेको र तिनीहरूलाई पनि आगामी क्रिसमस पहिले फिर्ता गरिनुपर्छ ।”
एक दिन पहिले राष्ट्रपति ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्रेनले अफगानिस्तानमा करिब पाँच हजार अमेरिकी सेना मात्र रहेको र सन् २०२१ को सुरुसम्ममा यो सङ्ख्यालाई दुई हजार पाँच सयमा झार्ने योजना सरकारको रहेको बताउनुभएको थियो ।
तालिवान लडाकू र उनीहरूका परिवारका सदस्य र अफगानी सुरक्षा फौज, अमेरिकी सेना र अफगानी सर्वसाधारणसहित गरी अफगानिस्तानमा अमेरिकी सेना प्रवेश गरेपछि अहिलेसम्म एक लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको राष्ट्रसंघको तथ्याङ्क रहेको छ ।
अमेरिकी सेनालाई फिर्ता गर्ने बिषयमा तालिवान, अमेरिकी सरकार र अफगानी सरकारबीच सहमति बनिसकेको छ । ट्रम्पले अफगानिस्तानबाट सेना फिर्ता गर्ने विषयलाई अमेरिकी राष्ट्रपतिय निर्वाचनमा लोकप्रिय मत प्राप्त गर्ने एउटा गतिलो एजेन्डाका रूपमा लिएको देखिन्छ ।
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल