आर्मेनिया । नागार्नो–काराबाख क्षेत्रमा जारी भिडन्तका क्रममा अजरबैजानले तीन हजार भन्दा बढी सैनिक गुमाएको आर्मेनियाले जनाएको छ । यसअघि अजरबैजानको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सेप्टेम्बर २७ यता अजरबैजानका २ हजार ३०० सैनिक मारिएको उल्लेख गरिएको थियो ।
तर सो देशले उक्त क्षेत्रमा शुरु भएको भिडन्तका क्रममा तीन हजारभन्दा बढी सैनिक गुमाएको जनाएको यो पछिल्लो जानकारी आएको हो । स्वघोषित रिपब्लिक अफ आर्तसाखका राष्ट्रपतिका प्रेस सचिवले शनिबार जानकारी गराउनुभएको छ ।
आर्मेनियाबाट अलग्गिएको घोषणा गरेका काराबाख क्षेत्रका पृथकतावादीतर्फ छिमेकी अजरबैजानी सेनाले केही दिन अघिदेखि भीषण सैनिक कारबाही शुरु गरेको हो । विश्वका नेताहरूले अजरबैजान र आर्मेनियाली विद्रोहीबीच जारी लडाइँ रोक्न आग्रह गरेका छन् । यो संघर्ष तत्कालै नरोकिए त्यसले क्षेत्रीय शान्ति मै असर पार्ने उनीहरुको अनुमान छ ।
आर्मेनियाली सैनिक अधिकारीहरूले अजरबैजानको सेनाले शक्तिशाली हतियारको प्रयोग गरेर विद्रोहीका आश्रयस्थलमा आक्रमण गरिरहेको जनाएका छन् । तर उता अजरबैजानको रक्षा मन्त्रालयले भने टार्टर शहरमा पृथकतावादी विद्रोहीहरुले सर्वसाधारणमाथि आक्रमण गरिरहेको आरोप लगाएको छ ।
अजरबैजानका तीन हजारभन्दा बढी सेना मारिएका र तीमध्ये कतिपय त मध्यस्थ क्षेत्रमा अहिले पनि रहेका र उनीहरुलाई कतै पनि नलगिएको प्रेस सचिव भागराम पोगसिमले आफ्नो फेसबुक पेजमा लेख्नुभएको बताइएको छ ।
सर्वोच्च अदालतले दियो गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिता
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति
तनहुँको ऋषिङमा सुरु भयो राष्ट्रिय मौलिक कौराहा सम्मेलन
कोरियाबाट फर्किएका नेपाली कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग
इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो