लिमा। कोरोनाभाइरसको विश्वव्यापी महामारीका कारण पेरुको स्वास्थ्य प्रणाली नै जोखिममा रहेको स्वास्थ्य मन्त्री पिलार मज्जेतीले सोमबार चेतावनी दिनुभएको छ ।
पहिलो लहरको कोरोना भाइरस सङ्क्रमण केही साम्य हुने क्रममा रहेको तर अक्टोबरमा १ देखि पेरूमा सामाजिक तथा आर्थिक गतिविधिहरू सुरू भएसँगै दोस्रो प्रकोपको जोखिम बढ्ने चेतावनी उहाँले स्थानीय सञ्चारमाध्यमसँगको कुराकानीमा बताउनुभयो ।
“यदि हामीले यसलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सकेनौँ भने दोस्रो लहरको महामारी बढ्ने जोखिम हुनेछ जसले पेरूको स्वास्थ्य सेवा प्रणालीमा नै व्यापक असर पर्नेछ ।”
स्वास्थ्यसँग सम्वद्ध सबै निकायको सहकार्यका कारण कैयौ नियन्त्रणका उपाय सफल भएको र उच्च रक्तचाप, मधुमेह तथा मृगौलासम्बन्धी समस्याजस्तै दीर्घकालीन रोगका लागि समस्या नआएको तर सचेतना र सतर्कता नभएमा स्वास्थ्य प्रणाली प्रभावित हुने उहाँको भनाइ थियो ।
सोमबारसम्ममा पेरूमा सङ्क्रमितको सङ्ख्या आठ लाख आठ हजार ७१४ पुगेको छ भने ३२ हजार ३२४ सङ्क्रमितको मृत्यु भएको छ ।
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल