बेइजिङ । कोभिड–१९ खोप विकास कार्यक्रममा ‘अग्रणी भूमिका’ रहेको चीनले यस वर्षको अन्त्यसम्ममा कम्तीमा ६१ करोड कोभिड–१९ विरुद्धको खोप उत्पादन गर्ने दावी चिनियाँ अधिकारीहरूले शुक्रबार गरेका छन् ।
विश्वभर विभिन्न नौ खोप परीक्षणको अन्तिम चरणमा रहेका छन् । जसमध्ये चीनद्वारा उत्पादित विभिन्न चार ओटा कोरोनाभाइरस खोप विकास तीब्ररूपमा अघि बढेको छ । विश्वभरका वैज्ञानिकहरूले घातक सङ्क्रमण विरोधी अभियानलाई अघि बढाउने क्रममा विश्वभर दर्जनौँ खोपहरूको परीक्षणले महामारीबाट मुक्ति पाउने आशासहित विश्वले पर्खिरहेको छ ।
विश्वव्यापी महामारी निम्त्याएको कोभिड–१९ सङ्क्रमितमध्ये करीव १० लाख मानिसको मृत्यु भइसकेको छ ।
चिनियाँ स्वास्थ्य अधिकारीहरूले शुक्रबार पत्रकार सम्मेलन गर्दै सञ्चारकर्मीसँग भने, “चीनले यस वर्षको अन्त्यसम्म कोभिड–१९ विरुद्धको करिब ६१ करोड मात्रा उत्पादन गर्ने विश्वास राखेको छ । खोपको उत्पादनको वार्षिक उत्पादन क्षमता अर्को बर्षसम्म कम्तीमा एक अरब डोजमा पुग्नेछ ।”
विज्ञान तथा प्रविधि मन्त्रालयका वु युआनबिनले भन्नुभयो, “चीनले ११ वटा खोपको क्लिनिकल परीक्षणमा प्रवेश गरिसकेको र सहज रूपमा प्रगति भइरहेको छ ।”
“अहिले चीनको कोभिड–१९ खोप अनुसन्धान र विकास कार्य समग्रमा अग्रणी स्थितिमा रहेको छ,” वुले भन्नुभयो ।
उहाँले थप्नुभयो, “हामीले क्लिनिकल परीक्षणका क्रममा खोपको सुरक्षालाई अति राम्रो अवस्थामा पाएका छौँ । परीक्षणमा रहेका खोपबाट कुनै प्रतिकूल प्रतिक्रिया देखेका छैनौँ ।”
चीनले गत जुलाईदेखि कन्दरगाह, अस्पताल तथा अति जोखिम रहेका सयौँ हजार व्यक्ति (स्वयम्सेवक) मा परीक्षण गरिरहेको र खोप परीक्षणले विश्व स्वास्थ्य संगठनबाट सहयोग पाइरहेको दावी चीनको छ ।
“अहिलेसम्म कोविड आपतकालिन खोप कार्यक्रममा सबै सहभागीमा गम्भीर प्रतिकूल प्रतिक्रिया देखाएको छैन,” चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका झेङ झोङवेले उक्त अवसरमा भन्नुभयो । उहाँले खोपको क्षमताबारे विश्व स्वास्थ्य संगठनबाट पूर्ण मान्यता भने दिन अझै केही समय लाग्ने बताउनुभयो । चीनमा उत्पादिन खोप आम जनताको पहुँचका लागि सस्तो हुने उहाँले बताउनुभयो ।
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
मध्यपूर्वमा चर्किएको द्वन्द्वलाई नियन्त्रणमा ल्याउने प्रयासस्वरूप पाकिस्तानमा अमेरिका–इरान वार्ता
बेलायतमा आगामी २४ मेमा २४ औं गोर्खा कप, मुख्य विधामा ३२ टिम दर्ता
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त