काबुल । अफगानिस्तानमा थप १३ आतंकवादी मारिएका छन् । सरकारी सुरक्षाकर्मीहरुको आक्रमणमा परी उनीहरु मारिएका अधिकारीहरुले जनाएका छन् ।
देशको पूर्वी लोगार प्रान्त अन्तर्गत पर्ने खर्वार जिल्लामा सरकारी सुरक्षाकर्मीहरुले सुरक्षा कारबाही चलाएपछि घटना भएको हो ।
प्रान्तीय प्रहरी प्रवक्ता शाह्पोर अहमाडजैले बिहीबार दिएको जानकारीअनुसार झण्डै दुई हप्ता अगाडि तालिबान लडाकूहरुले आक्रमण गरेकाले सरकारी पक्षले अहिले सुरक्षा कारबाही चलाएको थियो ।
सुरक्षा कारबाही चलाउनका लागि सैनिक र प्रहरीको टोली बुधबार परिचालन गरिएको पनि उहाँले जानकारी दिनुभयो । त्यही सुरक्षा कारबाहीका क्रममा १३ जनाको मृत्यु भएको पनि उहाँले स्पष्ट पार्नुभयो ।
अफ्गानी सुरक्षा अधिकारीहरुले सुरक्षा कारबाहीका क्रममा आफ्नो तर्फ भने कुनै क्षति नभएको दाबी गरेका छन् । त्यस क्षेत्रमा सुरक्षा कारबाही अझै पनि जारी रहेको पनि उनीहरुले जनाएका छन् ।
घटनाका बारेमा तालिबान विद्रोहीको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया प्राप्त नभएको समाचारमा जनाइएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा