
संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघको यस बर्षको महासभा अपूर्व महासभा बनेको छ ।
कोरोनाभाइरसको महामारीका कारण राष्ट्रसंघको इतिहासमै अहिलेसम्म नभएको अनौठो महासभा अहिले भएको हो ।
महासभामा सहभागीहरु नआउने र उनीहरुले भिडियो मार्फत् सम्वोधन गर्ने व्यवस्था गरिएकाले अहिले महासभास्थल सुनसान रहेको छ । तर महासभा भने विद्युतीय माध्यम मार्फत् सञ्चालन भइरहेको छ ।
महासभामा विश्वभरका नेताहरुले सम्वोधन गर्ने, एक अर्कालाई भेट्ने, छलफलहरु गर्ने, सम्बन्ध बलियो बनाउने तथा सुधार्ने प्रयास गर्ने हुँदै थियो । तर अहिले भने भौतिक उपस्थिति जनाउन नसकेपछि औपचारिकताका लागि भिडियो सम्बोधन मात्रै भएको छ ।
महासभा चलिरहेका बेला राष्ट्रसंघको न्यूयोर्कस्थित मुख्यालय परिसरमा सुरक्षा व्यवस्था अत्यन्त चुस्तदुरुस्त राख्नका लागि ठूलो संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिने गरेको भएपनि अहिले भने निकै थोरै मात्रै सुरक्षाकर्मीहरु देखिएका छन् ।
राष्ट्रसंघ मुख्यालय वरीपरीको अहिलेको अवस्था हेर्दा महासभा चलिरहेको बेलाको जस्तो नदेखिएर अन्य सामान्य अवस्थाको बेला जस्तो देखिएको छ । यहाँ अहिले केही सुरक्षाकर्मी, केही कर्मचारी र अलिअलि पत्रकारहरु मात्रै देखिने गरेका छन् ।
राष्ट्रसंघको महासभा भइरहेको बेला मुख्यलय रहेको न्युयोर्क शहरकै चहल पहल फरक हुने गरेको स्थानीयको अनुभव छ ।
महासभा चलिरहेका बेला विश्वभरका नेताहरुको ध्यानाकर्षण गर्न धेरै प्रदर्शनहरु हुने र विभिन्न प्रदर्शनीहरु पनि चलाइने गरिन्थ्यो ।
सभा हलमा विश्वका नेताहरुको अनुपस्थिति विना पनि महासभा होला भन्ने यसअघि कहिल्यै अपेक्षा तथा अनुमान गरिएको थिएन ।
झण्डै सात हेक्टर क्षेत्रफलमा फैलिएको मुख्यालयको पूर्वी नदीमा कुनै सुरक्षा डुंगाहरु छैनन् । खटाइएका केही सुरक्षाकर्मीलाई पनि कुनै हतारो र दौडधुप छैन ।
अहिले चलिरहेको ७५औं महासभामा सहभागिताका लागि हस्ताक्षर गर्न कोही नेता नआए पनि भाषणहरु भने चलि नै रहेको छ ।
राष्ट्रसंघले महासभाका लागि दिइने मन्तव्य पहिले नै आफ्नै देशमा भिडियो रेकर्ड गरेर पढाउन आह्वान गरेको थियो । सोही आह्वान अनुसार पठाइएका भिडियो रेकर्ड भएको भाषण अहिले प्रसारण गर्दै महासभा चलिरहेको छ ।
महासभा संचालन हुने हलमा कोही मानिस नै नभएका चाहिं होइनन्, त्यहाँ झण्डै दुई सय मानिस भने रहेका छन् । जबकी अघिल्ला बर्षहरुमा त्यही हलमा झण्डै २५ सय मानिस हुने गरेका थिए ।
अहिले हलमा रहेकाहरु पनि सामाजिक दुरी कायम गर्ने, माक्स अनिवार्य लगाउनेलगायतका आधारभूत स्वास्थ्य मापदण्ड अपनाउनु पर्ने नियम बनाइएको छ ।
मुख्यालय वरीपरी व्यापार व्यवसाय गर्दै आएकाहरुले पनि अहिले राम्रो व्यापारको मौका गुमेको गुनासो गरेका छन् । आफूलाई मारिया नाम बताउने एक स्थानीय व्यवसायीले अघिल्लो बर्षको स्मरण गर्दै भन्नुभयो, “अघिल्लो बर्ष यहाँ अति धेरै मानिसहरु आएका थिए, अहिले त एक जना मात्रै ग्राहक छन् ।”
महासभा चलिरहेका बेला आफू अत्यधिक व्यस्त हुने गरेपनि अहिले कुनै काम नभएझै फुर्सदिलो भएको पनि उहाँले बताउनुभयो ।
उहाँ जस्तै अरु पनि धेरै व्यवसायीहरुले पहिलाको जस्तै चहल पहल र कारोबार कहिले होला भनेर प्रतिक्षा गरिरहेको देखिएको छ ।
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल