इलाम । विश्वभर रहेका इलामवासीलाई एकजुट बनाउन शनिबार भर्चुअल बैठक गरिने भएको छ ।
एकापसमा भाइचारा कायम गर्नेलगायतका उदेश्य राखेर बैठक गरिन लागिएको हो । जिल्ला समन्वय समितिको संयोजनमा भर्चुअल माध्यमबाट शनिबार साँझ साढे ५ः०० बजे हुने विश्व इलामे भेलाको तयारीलाई तीव्रता दिइएको छ ।
सम्मेलनलाई भव्यताका साथ सम्पन्न गर्न इलाम विकास समाज, काठमाडौं, इलामेली समाज प्रदेश नम्बर १ र इलामसँग सम्बद्ध विश्वभरका संघसंस्था सक्रियरुपमा लागेका भेलाका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले जानकारी दिनुभयो ।
कोभिड–१९ का कारण इलाम र इलामबाहिर रहेका इलामवासीमा भएका समस्यालाई सहयोग आदानप्रदान गर्ने तथा ज्ञान, सीप र क्षमता अभिवृद्धि गरी स्रोतको परिचालन गर्दै समुन्नत र समृद्ध इलामको निर्माण गर्ने उदेश्य राखेर भेलाको आयोजना गर्न लागिएको इलाम विकास समाजका अध्यक्ष राधेश्याम लेकालीले बताउनुभयो ।
भेलाका क्रममा विश्वभरका इलामवासी संघसंस्था तथा इलामेलवासीको तथ्यांक सङ्कलन गरी व्यवस्थित गरिने पनि जनाइएको छ । भेलामा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ र पूर्वमन्त्री केवी गुरुङलगायत प्रतिनिधि, इलामका सबै स्थानीय तहका प्रमुख, विश्वभर रहेका इलामेली समाज र विभिन्न क्षेत्रका प्रतिनिधिको उपस्थिति हुने लेकालीले जानकारी दिनुभयो ।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?