नयाँदिल्ली । भारतका केन्द्रीय यातायात मन्त्री नितिन गड्करीलाई कोरोनाभाइरस सङ्क्रमण भएको छ ।
उहाँले आफू कोरोनाभाइरसबाट सङ्क्रमित भएको सामाजिक सञ्जालबाट जानकारी दिनुभएको छ ।
उहाँले पछिल्लो समयमा आफ्नो सम्पर्कमा आएकाहरुलाई तत्काल स्वास्थ्य परीक्षण गर्न र सतर्कता अपनाउन पनि आह्वान गर्नुभएको छ ।
“मैले हिजो कमजोर महसुस गरेँ, अनि मैले चिकित्सकसँग परामर्श गरेँ, अनि कोरोना परीक्षण गर्दा कोरोनाभाइरसबाट सङ्क्रमित भएको नतिजा आयो,” उहाँले बुधबार सामाजिक सञ्जाल ट्वीटरमा लेख्नु भएको छ ।
उहाँले थप लेख्नुभएको छ, “भगवानको कृपा र तपाईहरु सबैको सुभेच्छाले मलाई अहिले धेरै निको भइसकेको छ, म अहिले आराम महसुस गरिरहेको छु ।”
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल