मस्को।रुसमा कोरोनाभाइरस विरुद्धको खोप निर्माता रसियाली प्रत्यक्ष लगानी कोष (आरडिआइएफ) ले भारतको डा रेड्डी लेबोरेटोरीजलाई दश करोड डोज खोप उपलब्ध गराउने बुधबार घोषणा गरेको छ । कोषले रुसमा स्पुतनिक भी नामको खोप विकास गरेको छ ।
कोषद्वारा बुधबार प्रकाशित विज्ञप्तिमा भारतमा स्पुतनिक भी खोपको क्लिनिकल परीक्षण र खोप वितरणका लागि कोष र विश्वविख्यात औषधि उत्पादक कम्पनी डा रेड्डीबीच सम्झौता भएको उल्लेख छ । कोषले भारतीय नियामक निकायबाट अनुमति पाएलगत्तै स्पुतनिक खोपको आपूर्ति गरिने बताएको छ ।
डा रेड्डीका सहअध्यक्ष एवं व्यवस्थापन निर्देशक जीभी प्रसादले रसियाली खोपका सन्दर्भमा सहकार्य गर्न पाएकामा खुशी लागेको बताउनुभएको छ । उहाँले भारतीय नियामक निकायहरुका आवश्यकतालाई दृष्टि गरी तेस्रो चरणको परीक्षण गरिने बताउँदै भारतमा कोभिड–१९ विरुद्ध लड्न स्पुतनिक भी खोप विश्वासिलो विकल्प हुने विश्वास व्यक्त गर्नुभयो ।
रसियाली कोषका प्रमुख कार्यकारी किरिल डिमिट्रिभले भारतीय औषधि उत्पादक कम्पनीसँग सहकार्य गर्न पाएकामा खुशी लागेको बताउनुभयो । डा रेड्डीले विगत २५ वर्षदेखि रुसमा औषधि उत्पादनका कार्यमा निकै प्रतिष्ठा कमाएको कम्पनी रहेको बताउँदै किरिलले यो भारतमै पनि अग्रणी औषधि निर्माता कम्पनी रहेको जानकारी दिनुभयो ।
कोरोनाभाइरसका कारण भारत अहिले सर्वाधिक असर परेको मुलुकका रुपमा देखिएको छ । यहाँ कोरोना संक्रमितको संख्या ५० लाख नाघिसकेको छ ।
रुसको स्वास्थ्य मन्त्रालयले गत असष्ट ११ मा स्पुतनिक भी लाई औपचारिक रुपमा मान्यता दिएको छ ।
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल