नयाँ दिल्ली । भारतका १७ जना सांसद कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि गरिएको छ ।
संघीय संसदको बर्षे अधिवेशन शुरु हुनु अघि परीक्षण गरिएको नतिजा अनुसार उनीहरु सङ्क्रमित भएको सोमबार देखिएको हो ।
सङ्क्रमित भएकाहरुको सूचीमा सत्तारुढ दल भारतीय जनता पार्टीका प्रभावशाली सांसदहरु मिनाक्षी लेखी, अनन्त कुमार हज्डी र प्रवेश सहिब सिंहलगायत रहेका छन् ।
भारतको संघीय संसदको वर्षे अधिवेशन सोमबारदेखि शुरु भएको छ । कोरोनाभाइरसको महामारीका कारण यो अधिवेशन ढिलागरी शुरु गरिएको हो ।
बैठकमा सहभागी हुँदा कोरोनाभाइरसबाट बच्नका लागि अपनाउनु पर्ने स्वास्थ्य सुरक्षाका सवै उपायहरु अपनाउन अनिवार्य गरिएको छ ।
स्वास्थ्य निर्देशिका अनुसार सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने, हात धुनेलगायतका उपायहरु अबलम्बन गर्न लगाइएको छ ।
त्यसैगरी सांसदहरुको हाजिरी सोमबार पहिलो दिन एउटा एप मार्फत् गरिएको लोक सभा सचिवायले जनाएको छ । कुनै हाजिरी पुस्तिका वा मेसिनमा हाजिर गर्दा कोरोनाको सङ्क्रमण एक अर्कामा सर्न सक्ने भएकाले एपको प्रयोग गरिएको हो ।
लोकसभाका सांसदहरुले प्रयोग गर्नेगरी एटेन्डेन्स रजिष्टर (उपस्थिति दर्ता) नामक एप बनाइएको र पहिलो दिन पनि प्रयोग गरिएको सचिवालयका अधिकारीहरुले बताएका छन् । सो एप राष्ट्रिय सूचना केन्द्रले बनाएको हो ।
सांसदहरु संसद भवनमा उपस्थित भएपछि सचिवालयको सहयोगमा एप मार्फत् उनीहरुको उपस्थिति दर्ता हुने व्यवस्था गरिएको छ ।
सभामुख ओम बिर्लाले सवै सांसदहरूलाई स्वागत गर्दै अहिलेको विषेश परिस्थितिलाई ख्याल गर्न सवैलाई आह्वान गर्नुभएको थियो ।
त्यसैगरी कोरोनाभाइरसको सङ्क्रमण फैलिन नदिनका लागि तय गरिएको निर्देशिका तथा मापदण्डहरु पालना गर्न पनि उहाँले सवैलाई अपिल गर्नुभएको थियो ।
“यो अधिवेशन विषेश परिस्थितिका साथ शुरु गरिएको छ, सुरक्षा सावधानी हामी सवैले अपनाउन आवश्यक छ, सावधानीका साथ अधिवेशनलाई अगाडि बढाइनेछ,” सभामुख बिर्लाले भन्नुभयो ।
बैठक भाेलि बुधबार ३ बजे दिउसो बस्नेगरी स्थगित भएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा