लण्डन । जापानका नयाँ प्रधानमन्त्रीमा योशिहिदे सुगा निश्चित भएका छन् ।
जापानको सत्तारुढ पार्टीभित्र नयाँ नेताका लागि भएको निर्वाचनमा सुगा निर्वाचित भएपछि उनी प्रधानमन्त्री हुने निश्चित भएको हो ।
जापानका वर्तमान प्रधानमन्त्री सिन्जो आवेले गत महिना स्वास्थ्यको कारण देखाउँदै राजिनामा दिएपछि नयाँ प्रधानमन्त्रीको खोजी शुरु भएको थियो ।
७१ वर्षीय सुगा आवेका निकट मानिन्छन् ।
लिवरल डेमोक्र्याटिक पार्टीको नयाँ नेताका लागि भएको मतदानमा सुगाले कुल ५३४ मतमध्ये ३७७ मत पाएका छन् ।
बीबीसीका अनुसार बुधबार जापानी संसद डायटमा हुने निर्वाचनमा उनी प्रधानमन्त्री सहजै चुनिने छन् ।
सुगाले सन् २०२१ को सेप्टेम्बरसम्म प्रधानमन्त्री सम्हाल्ने छन् ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त