जेरुसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले कोरोनाभाइरसबाट अति प्रभावित झण्डै ४० वटा शहर बजारमा रात्रिकालीन निषेधाज्ञा (कर्फ्यु) लगाइने आइतबार घोषणा गर्नु भएको छ ।
इजरायली वरिष्ट अधिकारीहरुको आइतबार अबेरसम्म घण्टौं चलेको परामर्श बैठकपछि उक्त निर्णय घोषणा गरिएको थियो । देशभर एक हजारभन्दा बढी व्यक्तिको मृत्यु भएपछि सरकारले नयाँ नियमहरु घोषणा गर्नु परेको हो । पछिल्ला दिनहरुमा इजरायलमा ठूलो संख्यामा कोरोना संक्रमित भेटिएका छन् ।
यस्तो कर्फ्यू सोमबार राति ७ बजेदेखि बिहान ५ बजेसम्म लाग्नेछ । तर यो कर्फ्यु कति समयसम्म जारी रहनेछ भन्ने स्पष्ट भइसकेको छैन । मानिसहरुलाई आफ्ना घरबाट ५०० मिटरभन्दा टाढा नजान र अत्यावश्यकभन्दा बाहेकका अरु व्यापार व्यवसाय बन्द गर्न भनिएको छ ।
इजरायलले कोरोना नियन्त्रणका लागि शुरुमा अपनाएका विधिप्रति धेरैले सकारात्मक रुपमा लिएका थिए । तर मे महिनामा नियमहरुलाई खुकुलो बनाएसँगै नयाँ संक्रमितको संख्या ह्वात्तै बढेको थियो ।
प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको विरोधमा भइरहेको साप्ताहिक प्रदर्शनका कारणले पनि संक्रमण फैल्याउन मद्दत गरेको छ ।
पछिल्ला दिनहरुमा दैनिक तीन हजारभन्दा बढी व्यक्तिमा संक्रमण देखिन थालेको छ । सरकारले संक्रमण रोक्न राष्ट्रव्यापी लकडाउन गर्ने सोचाई पनि अघि सारेको छ ।
समग्रमा, इजरायलमा एक लाख ३० हजारभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् र अझै २६ हजारभन्दा बढी सक्रिय कोरोना संक्रमित छन् । हाल प्रत्येक दिन तीन हजारभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण देखिएको छ ।
प्रधानमन्त्री नेतन्याहूले नियुक्त गर्नुभएका कोरोनाभाइरस परियोजना व्यवस्थापक डा रोन्नी गाम्जुको परामर्शमा सेनाले कोरोना संक्रमण रोक्न गत महिना एउटा कार्यदल गठन गरेको छ । यसले मुख्य कार्य नै संक्रमित व्यक्तिको सम्पर्क पहिचान गर्ने र संक्रमणको शृंखला रोक्ने रहेको छ ।
इजरायली अधिकारीहरुमाथि व्यवसाय र विद्यालयहरु चाँडै खोलिएको भन्दै जनस्तरबाट आक्रोश व्यक्त भइरहेको छ ।
धादिङबाट त्रिशूलीमा बस खस्दा कम्तीमा १७ जनाको मृत्यु, २४ घाइते
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
निर्वाचनले परिर्वतनको अपेक्षा पूरा गर्नेछ : पूर्वप्रमुख निर्वाचन आयुक्त डा यादव [अन्तर्वार्ता]
सहाराले जित्यो आहा रारा पोखरा गोल्डकपको उपाधि
हिटलरको घर अब प्रहरी चौकी
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
नेपाल सरकारद्वारा म्यान्मार सरकारलाई तीन लाख ५० हजार अमेरिकी डलर सहयोग प्रदान
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने