जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बिहीबार साँझसम्म दिएको जानकारीअनुसार विश्वमा कोरोना भाइरस सङ्क्रमित एक करोड ८४ लाख ७० हजार २६५ व्यक्ति कोरोना मुक्त भएका छन् ।
यद्यपी विश्वमा दुई करोड ६२ लाख ११ हजार ८८९ जना कोरोना भाइरस सङ्क्रमित भएका डब्लुएचओले जनाएको छ । सो संगठनकाअनुसार बिहीबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख ६८ हजार ८० जनाको मृत्यु भएको छ ।
हाल विश्वमा ६८ लाख ७३ हजार ४४४ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको पनि सो संगठनले जानकारी दिएको छ । सङ्क्रमितहरु मध्ये ६० हजार ५८३ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।
चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । कोरोना भाइरसबाट अन्त्यत प्रभावित दश ओटा देशहरुको डब्लुएचओद्वारा प्रकाशित तथ्याङ्क यी रहेका छन् ।
अमेरिकामा ६२ लाख ९१ हजार ६२७ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यहाँ ३५ लाख ४७ हजार ९२६ जना कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख ९० हजार १४ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
ब्राजिलमा ४० लाख १ हजार ४२२ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ३२ लाख १० हजार ४०५ कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख २३ हजार ८९९ जनाको मृत्यु भएको छ । भारतमा ३८ लाख ५३ हजार ४०६ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ २९ लाख ७० हजार ४९२ कोरोना भाइरस मुक्त भएका छन् भने ६७ हजार ४८६ जनाको मृत्यु भएको छ ।
रुस १० लाख ९ हजार ९९५ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन । यहाँ ८ लाख २६ हजार ९३५ कोरोना भाइरस मुक्त भएका छन् भने १७ हजार ५२८ जनाको मृत्यु भएको छ । पेरुमा ६ लाख ६३ हजार ४३७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख ८० हजार १७७ जना कोरोना भाइरस मुक्त भएका छन् भने २९ हजार ९५९ जनाको मृत्यु भएको छ ।
कोलम्बिया ६ लाख ३३ हजार ३३९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख ७९ हजार ५६८ कोरोना भाइरस मुक्त भएका छन् भने २० हजार ३४८ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकामा ६ लाख ३० हजार ५९५ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ५ लाख ५३ हजार ४५६ कोरोना भाइरस मुक्त भएका छन् भने १४ हजार ३८९ जनाको मृत्यु भएको छ ।
मेक्सिकोमा ६ लाख १० हजार ९५७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख २४ हजार ९९० कोरोना भाइरस मुक्त भएका छन् भने ६५ हजार ८१६ जनाको मृत्यु भएको छ ।
स्पेनमा ४ लाख ७९ हजार ५५४ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २९ हजार १९४ जनाको मृत्यु भएको छ ।
अर्जेन्टिनामा ४ लाख ३९ हजार १७२ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ३ लाख १५ हजार ५३० कोरोना भाइरस मुक्त भएका छन् भने ९ हजार ११८ जनाको मृत्यु भएको छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार