नयाँदिल्ली । कोरोनाभाइरसबाट भारतमा कुल सङ्क्रमितको संख्या ३७ लाखभन्दा बढी पुगेको छ ।
अधिकारीहरुले दिएको जानकारी अनुसार बुधबारसम्म सङ्क्रमितको कुल संख्या ३७ लाख ६९ हजार ५२३ पुगेको हो ।
तीमध्ये ७८ हजार ३५७ जना पछिल्लो एकैदिनमा थपिएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
भारतमा कुल सङ्क्रमितमध्ये झण्डै २९ लाख अर्थात् ७६.९८ प्रतिशत सङ्क्रमितहरु सङ्क्रमणमुक्त भएका छन् ।
अधिकारीहरुका अनुसार भारतमा अहिलेसम्म कोरोनाका कारण ६६ हजार ३३३ जनाको मृत्यु भएको छ । तीमध्ये एक हजार ४५ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।
भारतमा अहिले पनि आठ लाख एक हजार २८२ जना सङ्क्रमित अवस्थामै रहेका छन् ।
विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाका कारण अहिलेसम्म संसारभरी दुई करोड ५९ लाख २५ हजार ४७० जना संक्रमित भएका छन् । तीमध्ये अहिलेसम्म आठ लाख ६१ हजार ६६७ जनाको कोरोनाकै कारणले मृत्यु भइसकेको छ ।
मृत्यु भएका र सङ्क्रमित भएकाहरु मध्ये सबैभन्दा धेरै अमेरिकामा रहेका छन् भने दोस्रो धेरै ब्राजिलमा र तेस्रो धेरै भारतमा रहेका छन् । कोरोनाभाइरसको उत्पत्ति भएको मानिने चीन भने अहिले संक्रमितहरुको संख्याका आधारमा ३८ औँ स्थानमा रहेको छ ।
पछिल्लो विवरण अनुसार अमेरिकामा ६२ लाख ५८ हजार २८ जना सङ्क्रमित हुँदासम्म एक लाख ८८ हजार ९०७ जनाको मृत्यु भएको छ ।
त्यसैगरी, ब्राजिलमा ३९ लाख ५२ हजार ७९० जना सङ्क्रमित रहेकामा एक लाख २२ हजार ६८१ जनाको मृत्यु भएको तथ्यांक छ ।
विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशमा पुगेको छ ।
सन् २०१९ को डिसेम्बरको अन्त्यतिर पहिलो पटक कोरोनाको संक्रमण चीनको उहान सहरमा देखिएको थियो । डिसेम्बर र जनवरीसम्म चीनमा मात्रै रहेको कोरोना फेब्रुअरीदेखि फिलिपिन्स, जापान, इरान, इटली, दक्षिण कोरिया, फ्रान्स हुँदै विश्वभरी फैलिएको हो ।
यो संक्रमण फैलाउने विषाणुलाई नयाँ कोरोनाभाइरस भन्ने गरिएको छ । विश्वभरी फैलिएर सबैलाई प्रभावित पारेको यस्तो संक्रमणको अहिलेसम्म पनि औषधी प्रमाणीकरण हुन सकेको छैन् । कतिपय बैज्ञानिकहरुले औषधी बनाइएको दावी गरेपनि ती सबै अहिले परीक्षणकै चरणमा रहेका छन्।
अमेरिकी अखबार द न्यूयोर्क टाइम्सका अनुसार हाल विश्वमा १२५ वटा कोरोनाभाइरसको खोपबारे अनुसन्धान भइरहेको छ जसमध्ये ३६ वटा मानवमा परीक्षण भइरहेका छन् । अघिल्लो साताको अन्त्यसम्म नौ खोपको तेश्रो चरण अन्तर्गत ठूलो संख्यामा मानिसमा परीक्षण भइरहेका उक्त अखबारले जनाएको छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?