क्यानबेरा । कोरोनाभाइरस महामारीका कारण अस्ट्रेलियाको अर्थतन्त्रमा यसवर्षको दोस्रो त्रैमासिक अवधिमा व्यापक गिरावट आएको छ ।
बुधबार सार्वजनिक गरिएको विवरणमा अस्ट्रेलियाको अर्थतन्त्र विगत २८ वर्षको अवधिमा पहिलो पटक मन्दीको अवस्था देखिएको छ ।
सन् १९५९ यता पहिलो पटक अप्रिलदेखि जुन महिनाको अवधिमा अस्ट्रेलियाको अर्थतन्त्र ७ प्रतिशत खुम्चिएको छ । यसअघि सन् १९७४ मा २ प्रतिशतले अर्थतन्त्र न्यून भएको थियो । अर्थशास्त्रीहरुले यसअघि सन् १९३० को महामन्दीको अवस्थामा अर्थतन्त्र ९.५ प्रतिशतले खुम्चिएको बताएका छन् ।
गत मार्च महिनामा पनि ०.३ प्रतिशतले अर्थतन्त्र खुम्चिएको थियो । प्राविधिक रुपमा लगातार दुई महिना अर्थतन्त्र खुम्चिए मन्दी आएको मानिन्छ ।
अस्ट्रेलियाका अर्थमन्त्री जस फ्राइडेनबर्गले कोभिड–१९ का कारण मुलुकको अर्थतन्त्रमा गम्भीर असर परेको बताउनुभएको छ ।
उहाँले २८ वर्षदेखि लगातार हुँदै आएको आर्थिक वृद्धि यसपटक कोरोनाभाइरसका कारण पहिलोपटक रोकिएको छ भन्नुभयो ।
प्रधानमन्त्री स्कट मरिसनले पनि संसदमा सम्बोधन गर्दै अस्ट्रेलियाका लागि यो निकै संकटपूर्ण अवस्था आइलागेको बताउनुभयो ।
आर्थिक सहयोग तथा विकास संगठनले जुन महिनामा संगठनमा आबद्ध मुलुकहरुको अर्थतन्त्र अप्रिल–जुन महिनाको अवधिमा ९.८ प्रतिशतको हाराहारीमा खुम्चिने पूर्वानुमान गरेको थियो । संगठनले बेलायतको अर्थतन्त्र २० प्रतिशत, फ्रान्सको १४ प्रतिशत तथा संयुक्तराज्य अमेरिकाको ९.१ प्रतिशतले गिरावट आउने जनाएको छ ।
मध्यपूर्वमा चर्किएको द्वन्द्वलाई नियन्त्रणमा ल्याउने प्रयासस्वरूप पाकिस्तानमा अमेरिका–इरान वार्ता
बेलायतमा आगामी २४ मेमा २४ औं गोर्खा कप, मुख्य विधामा ३२ टिम दर्ता
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त