अमेरिका ।यूएस नेपाल पोलिसी रिसर्च सेन्टरको ५ औं सम्मेलनमा नेपालको निर्वाचन प्रणाली बारेमा बृहत छलफल हुन लागेको छ । आगामी १२ सेम्टेम्बर २०२० शनिबार हुने छलफल जुम प्रबिधिबाट गर्न लागिएको हो । उक्त छलफललाई बिभिन्न संचार माध्यमका सोसल मिडिया साइटबाट समेत प्रत्यक्ष प्रसारण गरिने छ ।
नेपालको राजनीति, निर्वाचन, संचार लगायतका क्षेत्रमा दक्षता हासिल गरेका व्यक्तिहरुको प्रस्तुति र त्यसलाई कार्यन्वयन गर्ने व्यक्तित्वहरुको सहभागिता रहनेगरी कार्यक्रमको आयोजना गरिएको छ। खासगरी नेपालको संस्थागत संरचनामा छलफल र प्रस्तुति थुप्रै पटक भएता पनि यो पटक भने सिंगो निर्वाचन प्रणालीमा पस्तुति र त्यसबारे टिप्पणी हुनेछ। सेन्टरका अध्यक्ष डा. राजन पन्तले कार्यक्रमबारे जानकारी गराउँदै यसबाट नेपालको नीति निर्माण तहमा ठुलो सघाउ पुग्ने अपेक्षा गरिएको छ । उनले राजनैतिक व्यक्तिहरुका लागि पनि ठूलो योगदान हुने विश्वास गरे ।
कार्यक्रममा अर्थशास्त्री डा. सुरेन्द्र देवकोटा, प्रो. कृष्ण खनाल, त्रिभुवन बिश्वबिधालयका पूर्वभिसी केदार भक्त माथेमा, राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य म्होना अन्सारी, बरिष्ठ पत्रकार युवराज घिमिरे विशेष प्यानलिष्ट र टिप्पणीकर्ताको रुपमा छन । त्यसैगरी नेपाल, अमेरिका र अन्य क्षेत्रका थुप्रै बिज्ञ, राजनैतिक र प्रशासनिक क्षेत्रका व्यक्तिहरुको समेत उपस्थिति रहने छ।
अध्यक्ष डा. पन्तकाअनुसार यो पटक नीति निर्माणकर्ता र राजनैतिक क्षेत्रका व्यक्तिहरुले सुन्ने, मनन् गर्ने र आफूले कसरी त्यसलाइ कार्यान्वयन गर्न सकिन्छ भनेर आफ्नो कुराहरु पनि राख्नेछन्।
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल