अमेरिका ।यूएस नेपाल पोलिसी रिसर्च सेन्टरको ५ औं सम्मेलनमा नेपालको निर्वाचन प्रणाली बारेमा बृहत छलफल हुन लागेको छ । आगामी १२ सेम्टेम्बर २०२० शनिबार हुने छलफल जुम प्रबिधिबाट गर्न लागिएको हो । उक्त छलफललाई बिभिन्न संचार माध्यमका सोसल मिडिया साइटबाट समेत प्रत्यक्ष प्रसारण गरिने छ ।
नेपालको राजनीति, निर्वाचन, संचार लगायतका क्षेत्रमा दक्षता हासिल गरेका व्यक्तिहरुको प्रस्तुति र त्यसलाई कार्यन्वयन गर्ने व्यक्तित्वहरुको सहभागिता रहनेगरी कार्यक्रमको आयोजना गरिएको छ। खासगरी नेपालको संस्थागत संरचनामा छलफल र प्रस्तुति थुप्रै पटक भएता पनि यो पटक भने सिंगो निर्वाचन प्रणालीमा पस्तुति र त्यसबारे टिप्पणी हुनेछ। सेन्टरका अध्यक्ष डा. राजन पन्तले कार्यक्रमबारे जानकारी गराउँदै यसबाट नेपालको नीति निर्माण तहमा ठुलो सघाउ पुग्ने अपेक्षा गरिएको छ । उनले राजनैतिक व्यक्तिहरुका लागि पनि ठूलो योगदान हुने विश्वास गरे ।
कार्यक्रममा अर्थशास्त्री डा. सुरेन्द्र देवकोटा, प्रो. कृष्ण खनाल, त्रिभुवन बिश्वबिधालयका पूर्वभिसी केदार भक्त माथेमा, राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य म्होना अन्सारी, बरिष्ठ पत्रकार युवराज घिमिरे विशेष प्यानलिष्ट र टिप्पणीकर्ताको रुपमा छन । त्यसैगरी नेपाल, अमेरिका र अन्य क्षेत्रका थुप्रै बिज्ञ, राजनैतिक र प्रशासनिक क्षेत्रका व्यक्तिहरुको समेत उपस्थिति रहने छ।
अध्यक्ष डा. पन्तकाअनुसार यो पटक नीति निर्माणकर्ता र राजनैतिक क्षेत्रका व्यक्तिहरुले सुन्ने, मनन् गर्ने र आफूले कसरी त्यसलाइ कार्यान्वयन गर्न सकिन्छ भनेर आफ्नो कुराहरु पनि राख्नेछन्।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?