कांग्रेसको पत्रले अमेरिकी जनसम्पर्क समितिमा पुन: विवाद

 

लण्डन । जनसम्पर्क समिति अमेरिकामा नेपाली कांग्रेस केन्द्रिय कार्यालयका मूख्य सचिव कृष्णप्रसाद पौडेलको पत्रले विवाद व्यूँताएको  छ । नेपाली जनसम्पर्क समिति अमेरिकाका निवर्तमान सभापति गोरख (आनन्द) बिष्टको नाममा नेपाली जनसम्पर्क समिति अमेरिका अधिवेशन तयारी समिति अध्यक्ष भनी समितिलाई ६ महिनाको म्याद थप गरी पठाइएको भन्ने व्यहोराको पत्रले विवाद व्यूँताएको हो ।
गत जुलाई १२, २०२० को भर्चुअल भेलाले धनञ्जय नरसिंह केसीको नेतृत्वमा नेपाली जनसम्पर्क समिति अमेरिकाको केन्द्रीय कार्यसमिति सर्वसम्मतिद्वारा निर्वाचित गरेको थियो। मुख्य सचिवको नाममा पार्टीको विधान विपरीत भएको उक्त कार्यको हामी जोडदार विरोध गर्दछौं र अवैधानिक समितिलाई लेखिएको उक्त पत्र तत्काल फिर्ता लिई गल्ती सच्याउन केसी समूहले माग गरेको छ ।

प्रेस विज्ञप्ति 
अगस्ट २९, २०२० को मितिमा नेपाली काॅंग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा नेपाली जनसम्पर्क समिति अमेरिकाका निवर्तमान सभापति गोरख (आनन्द) बिष्टको नाममा नेपाली जनसम्पर्क समिति अमेरिका अधिवेशन तयारी समिति अध्यक्ष भनी समितिलाई ६ महिनाको म्याद थप गरी पठाइएको भन्ने व्यहोराको पत्रबाट हामी आश्चर्यचकित भएका छौं ।
स्मरणीय छ, नेपाली जनसम्पर्क समिति अमेरिकाको जुलाई १२, २०२० को बृहत भर्चुअल भेलाले धनञ्जय नरसिंह केसीको नेतृत्वमा नेपाली जनसम्पर्क समिति अमेरिकाको केन्द्रीय कार्यसमिति सर्वसम्मतिद्वारा निर्वाचित गरेको थियो। मुख्य सचिवको नाममा पार्टीको विधान विपरीत भएको उक्त कार्यको हामी जोडदार विरोध गर्दछौं र अवैधानिक समितिलाई लेखिएको उक्त पत्र तत्काल फिर्ता लिई गल्ती सच्याउन माग गर्दछौं ।
हामीले पार्टीलाई निम्न लिखित बुॅंदा सहित पूर्व कार्यसमिति अवैध भइसकेको लिखित जानकारी गराइसकेको समेत स्पष्ट पार्न चाहन्छौं ।
१. नेपाली काॅंग्रेसको नियमावली २०७६ को परिच्छेद-१ (८) मा “निकाय” भन्नाले विधानको ३ (५) का अतिरिक्त पार्टीबाट मान्यताप्राप्त विदेशस्थित नेपाली जनसम्पर्क समितिलाई समेत जनाउनेछ” भन्ने र धारा ५८ मा “पार्टीको तल्लो निकायको सभापति, उपसभापति, सचिव, कोषाध्यक्ष र सहसचिव माथिल्लो तहको कार्यसमितिमा उम्मेदवार भएमा निजको तल्लो पद स्वत: रिक्त हुनेछ” भन्ने स्पष्ट उल्लेख छ । नेपाली जनसम्पर्क समिति अमेरिकाका तत्कालीन सभापति गोरख बहादुर बिष्ट (आनन्द) नेपाली काॅंग्रेसको आमन्त्रित केन्द्रीय सदस्यमा मनोनीत भएकाले विधान बमोजीम वहाॅंको नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापति पद सोही दिनदेखि रिक्त भइसकेको थियो भने पूर्व कार्यसमितिले आफ्नो पदावधि सकिएको ३ वर्षभन्दा बढी भइसक्दा समेत अधिवेशन गराउन असफल भएको थियो । यी सबै कुरालाई मध्यनजर गरी मृतप्राय: अवस्थामा रहेको हाम्रो संगठनलाई जिवन्तता दिने उद्देश्यले विधान बमोजीम बृहत भेलाले उक्त कदम चालेको हो ।
२.विधिवत रूपमा अमेरिकाको टेक्सास राज्यमा दर्ता भई नेपाली काॅंग्रेसको निकायको रूपमा सञ्चालनमा आएको यस नेपाली जनसम्पर्क समिति अमेरिकाको सन् २०१४ नोभेम्बर २२ र २३ मा टेक्सासमा नेपाली जनसम्पर्क समिति अमेरिकाका तत्कालीन संयोजक विष्णु सुवेदीको संयोजकत्वमा गठित अधिवेशन तयारी समितिले एकताको दोश्रो अधिवेशन सफलतापूर्वक संपन्न गरेको थियो । तर पूर्व सभापति बिष्टले कसैलाई जानकारी नै उक्त अधिबेसनबाट निर्बाचित संस्थालाई छोड़ी आफ़नो बेक्तिगत संस्थामा लगी राजनैतिक प्रकृतिको हाम्रो संगठनलाई छोडेर सन् २०१६ अक्टोवर २० मा आफ्नै नाम र ठेगाना राखी 501 (c) 3 अन्तर्गतको छुट्टै गैह्र राजनैतिक गैह्र सरकारी संस्था नेपाली जनसम्पर्क समिति अमेरिका दर्ता गर्नुभयो। संयुक्त राज्य अमेरिकाको कानून बमोजीम कुनैपनि गैह्र सरकारी संस्थाले राजनैतिक गतिविधिमा सहभागी हुन मिल्दैन । टेक्सास अधिवेशनले निर्वाचित कार्यसमितिलाई पार्टीको निकायको रूपमा रहेको संस्था जिम्मा लगाएको थियो र उक्त संस्थाको विधान नेपाली जनसम्पर्क समिति समन्वय विभाग प्रमुख अर्जुन जोशीको हस्ताक्षर सहित अनुमोदन भई आइसकेको थियो । तर पूर्व सभापति गोरख बहादुर बिष्ट (आनन्द) ले छुट्टै सामाजिक संस्था दर्ता गरी पार्टीलाई समेत त्यसको सूचना नदिई गुमराहमा राख्नुभयो भने अमेरिकी कानून समेत उल्लंघन हुनेगरी पार्टीसॅंग चिठ्ठीपत्र आदानप्रदान गरिरहनुभयो ।
३.मनोमानी ढंगले संस्थालाई सामाजिक संस्थामा रुपान्तरण गरेको कारण अधिकांश साथीहरूले बहिष्कार गरेको तर गोरख बहादुर बिष्ट (आनन्द) ले ऐतिहासिक भनी दावी गरेको २०१७ अप्रिल २२ मा भर्जिनिया राज्यको मनाससमा सम्पन्न भएको साधारणसभाले नेपाली जनसम्पर्क समिति अमेरिकाको सबै च्याप्टरहरूको अधिवेशन सन् २०१७ को सेम्टेम्बर महिना भित्र अनिवार्य सम्पन्न गर्ने र संस्थाको केन्द्रीय अधिवेशन पनि सोही वर्ष सन् २०१७ को नोभेम्वर महिनामा गर्ने निर्णय गरेको थियो तर वहाॅं उक्त निर्णय अनुसार कुनै पनि काम गर्न असफल हुनुभयो।
पूर्व सभापति बिष्टको स्वेच्छाचारिता, पदलोलुपता र किंकर्तव्यविमूढताका कारण तहसनहस भएको नेपाली जनसम्पर्क समिति अमेरिकाले नयाॅं कार्यसमितिको गठनपछि जिवन्तता पाएको छ। त्यसकारण नेपाली जनसम्पर्क समिति अमेरिकासॅंग आबद्द तमाम साथीहरूको भावना बमोजीम विधिवत रूपमा गठित नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति धनन्जय नरसिॅह केसीज्यूको नेतृत्वको कार्यसमितिलाई अधिवेशन गर्ने जिम्मेवारी दिनको लागि पार्टी केन्द्र समक्ष हार्दिक अनुरोध सहित जोडदार माग गर्दछौं ।
जय नेपाल !
सुभाष घिमिरे महासचिव नेपाली जनसम्पर्क समिति अमेरिका
कांग्रेस केन्द्रीय कार्यालयबाट पठाइएको पत्र :

प्रतिक्रिया

सम्बन्धित सामाग्री