लण्डन । प्रहरीले नेपालका लागि बेलायतका पूर्व राजदुत रिचर्ड मोरिसको शव फेला पारेको छ ।
उनी मे ६ महिनादेखि हराइरहेका थिए।
उनी दौड्न नियमित जाने एलिस हल्ट जंगलमा सोमबार उनको शव फेला परेको ह्याम्पसायर प्रहरीले बताएको छ ।
घटनाको अनुसन्धान गरिरहेको ह्याम्पसायर प्रहरीले उनको मृत्यु सन्देहास्पद नभएको बताएको छ । प्रहरीले मोरिसको केसलाई स्थानीय कोरोनरमा पठाउने तयारी गरिरहेको बताएको छ।
ओैपचारिक रुपमा उनको पहिचान नभए पनि उनको परिवारलाई शव भेटिएको जानकारी गराइसकिएको प्रहरीले बताएको छ । मोरिसको परिवारलाई विशेषज्ञ प्रहरीले साथ दिइरहेको छ ।
बेलायतका कुटनीतिज्ञ मोरिस मे ६ तारिखका दिन आफ्नो निवासबाट बिहान दौड्न निस्किएका थिए । उनलाई सबैभन्दा पछिल्लोपटक बिहान १०.५० बजे अल्टोनको इसिङटन रोडमा सर्वसाधारणले देखेका थिए ।
मोरिस सन् २०१५ देखि २०१९ सम्म नेपालका लागि बेलायतका राजदुत थिए ।
उनी फिजीका लागि बेलायती हाइ कमिश्नरका रुपमा जाने क्रममा थिए ।
उनका श्रीमती र तीन बालबच्चा छन् ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा