लण्डन । प्रहरीले नेपालका लागि बेलायतका पूर्व राजदुत रिचर्ड मोरिसको शव फेला पारेको छ ।
उनी मे ६ महिनादेखि हराइरहेका थिए।
उनी दौड्न नियमित जाने एलिस हल्ट जंगलमा सोमबार उनको शव फेला परेको ह्याम्पसायर प्रहरीले बताएको छ ।
घटनाको अनुसन्धान गरिरहेको ह्याम्पसायर प्रहरीले उनको मृत्यु सन्देहास्पद नभएको बताएको छ । प्रहरीले मोरिसको केसलाई स्थानीय कोरोनरमा पठाउने तयारी गरिरहेको बताएको छ।
ओैपचारिक रुपमा उनको पहिचान नभए पनि उनको परिवारलाई शव भेटिएको जानकारी गराइसकिएको प्रहरीले बताएको छ । मोरिसको परिवारलाई विशेषज्ञ प्रहरीले साथ दिइरहेको छ ।
बेलायतका कुटनीतिज्ञ मोरिस मे ६ तारिखका दिन आफ्नो निवासबाट बिहान दौड्न निस्किएका थिए । उनलाई सबैभन्दा पछिल्लोपटक बिहान १०.५० बजे अल्टोनको इसिङटन रोडमा सर्वसाधारणले देखेका थिए ।
मोरिस सन् २०१५ देखि २०१९ सम्म नेपालका लागि बेलायतका राजदुत थिए ।
उनी फिजीका लागि बेलायती हाइ कमिश्नरका रुपमा जाने क्रममा थिए ।
उनका श्रीमती र तीन बालबच्चा छन् ।
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने