नयाँ दिल्ली । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेस अझै केही समय अन्तरिम अध्यक्षकै नेतृत्वमा रहने भएको छ ।
पार्टीमा पूर्णकालिन र देखिने नेतृत्वको आवश्यकता रहेको आवाज उठेपछि बोलाइएको केन्द्रीय समितिको बैठकले त्यस्तो नेतृत्वको बारेमा निर्णय गर्न नसकेकाले अझै करिब एक वर्षका लागि अन्तरिम अध्यक्षकै नेतृत्वमा रहने भएको हो ।
तत्कालिन अध्यक्ष राहुल गान्धीले पदबाट राजीनामा दिएपछि काँग्रेस अहिले अन्तरिम अध्यक्ष सोनिया गान्धीको नेतृत्वमा चल्दै आएको छ ।
तर अन्तरिम अध्यक्ष गान्धीसहितका धेरै नेताहरुले नयाँ अध्यक्ष चयन गर्नुपर्नेमा जोड दिएपनि पार्टीले निर्णय गर्न असक्षम देखिएको छ ।
सोमबार बसेको केन्द्रीय समितिको बैठकमा नयाँ नेतृत्वका बारेमा छलफल भएपनि चयन गर्न नसकेकाले अर्को अध्यक्ष चयन नहुन्जेलसम्मका लागि गान्धीले नै अन्तरिम अध्यक्षको रुपमा पार्टीको नेतृत्व गर्नुहुने भएको छ ।
बैठकले जतिसक्दो चाडो नयाँ अध्यक्ष चयन गर्ने निर्णय गरेको पार्टीका नेता के एच मुनियाप्पाले जानकारी दिनुभयो ।
अन्तरिम अध्यक्ष गान्धीले नै अझै केही समय पार्टीको नेतृत्व गर्नुहुने भएको छ, ठोस निर्णय गर्न बैठक असमर्थ भएको छ, उहाँले भन्नुभयो ।
नयाँ अध्यक्ष चयन हुनका लागि छ महिनादेखि एक वर्षसम्म लाग्न सक्ने नेताहरुले बैठकमा बताएका थिए ।
काँग्रेसमा अझै पनि धेरै नेता तथा कार्यकर्ताहरुले राहुल गान्धीलाई नै अध्यक्ष बनाउनु पर्नेमा जोड दिएका छन् भने उहाँले अस्वीकार गर्दै आउनुभएको छ ।
गएको आम निर्वाचनमा पार्टीलाई सबैभन्दा धेरै निर्वाचन क्षेत्रबाट जिताउन नसकेपछि नैतिक जिम्मेवारी लिदै उहाँले अध्यक्ष पदबाट राजीनामा दिनुभएको थियो ।
उहाँले दिएको राजीनामा केही समय अस्वीकृत हुदै उहाँलाई नै अध्यक्षमा कायम गर्नुपर्ने माग उठिरहेपनि उहाँले अस्वीकार गरेपछि पार्टीकी अर्की पूर्व अध्यक्ष सोनिया गान्धीलाई अन्तरिम अध्यक्ष बनाइएको हो ।
उहाँलाई सन् २०१९ को अगस्ट १० तारिखका दिन केही समयका लागि भनेर अन्तरिम अध्यक्ष बनाइएको हो । तर नयाँ अध्यक्ष चयन हुन नसक्दा अझै केही समय उहाँले नै पार्टीको नेतृत्व गर्नुहुने भएको छ ।
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
मध्यपूर्वमा चर्किएको द्वन्द्वलाई नियन्त्रणमा ल्याउने प्रयासस्वरूप पाकिस्तानमा अमेरिका–इरान वार्ता
बेलायतमा आगामी २४ मेमा २४ औं गोर्खा कप, मुख्य विधामा ३२ टिम दर्ता
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह