नयाँ दिल्ली । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेस अझै केही समय अन्तरिम अध्यक्षकै नेतृत्वमा रहने भएको छ ।
पार्टीमा पूर्णकालिन र देखिने नेतृत्वको आवश्यकता रहेको आवाज उठेपछि बोलाइएको केन्द्रीय समितिको बैठकले त्यस्तो नेतृत्वको बारेमा निर्णय गर्न नसकेकाले अझै करिब एक वर्षका लागि अन्तरिम अध्यक्षकै नेतृत्वमा रहने भएको हो ।
तत्कालिन अध्यक्ष राहुल गान्धीले पदबाट राजीनामा दिएपछि काँग्रेस अहिले अन्तरिम अध्यक्ष सोनिया गान्धीको नेतृत्वमा चल्दै आएको छ ।
तर अन्तरिम अध्यक्ष गान्धीसहितका धेरै नेताहरुले नयाँ अध्यक्ष चयन गर्नुपर्नेमा जोड दिएपनि पार्टीले निर्णय गर्न असक्षम देखिएको छ ।
सोमबार बसेको केन्द्रीय समितिको बैठकमा नयाँ नेतृत्वका बारेमा छलफल भएपनि चयन गर्न नसकेकाले अर्को अध्यक्ष चयन नहुन्जेलसम्मका लागि गान्धीले नै अन्तरिम अध्यक्षको रुपमा पार्टीको नेतृत्व गर्नुहुने भएको छ ।
बैठकले जतिसक्दो चाडो नयाँ अध्यक्ष चयन गर्ने निर्णय गरेको पार्टीका नेता के एच मुनियाप्पाले जानकारी दिनुभयो ।
अन्तरिम अध्यक्ष गान्धीले नै अझै केही समय पार्टीको नेतृत्व गर्नुहुने भएको छ, ठोस निर्णय गर्न बैठक असमर्थ भएको छ, उहाँले भन्नुभयो ।
नयाँ अध्यक्ष चयन हुनका लागि छ महिनादेखि एक वर्षसम्म लाग्न सक्ने नेताहरुले बैठकमा बताएका थिए ।
काँग्रेसमा अझै पनि धेरै नेता तथा कार्यकर्ताहरुले राहुल गान्धीलाई नै अध्यक्ष बनाउनु पर्नेमा जोड दिएका छन् भने उहाँले अस्वीकार गर्दै आउनुभएको छ ।
गएको आम निर्वाचनमा पार्टीलाई सबैभन्दा धेरै निर्वाचन क्षेत्रबाट जिताउन नसकेपछि नैतिक जिम्मेवारी लिदै उहाँले अध्यक्ष पदबाट राजीनामा दिनुभएको थियो ।
उहाँले दिएको राजीनामा केही समय अस्वीकृत हुदै उहाँलाई नै अध्यक्षमा कायम गर्नुपर्ने माग उठिरहेपनि उहाँले अस्वीकार गरेपछि पार्टीकी अर्की पूर्व अध्यक्ष सोनिया गान्धीलाई अन्तरिम अध्यक्ष बनाइएको हो ।
उहाँलाई सन् २०१९ को अगस्ट १० तारिखका दिन केही समयका लागि भनेर अन्तरिम अध्यक्ष बनाइएको हो । तर नयाँ अध्यक्ष चयन हुन नसक्दा अझै केही समय उहाँले नै पार्टीको नेतृत्व गर्नुहुने भएको छ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार