
लिस्वन । पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डे सुसाले समुन्द्रमा डुबिरहेका दुई महिलाको उद्धार गरेका छन् । स्थानीय काउन्सिलको एक कार्यक्रममा भाग लिन अल्गार्भ पुगेका उनले अल्भोरको समुद्री किनारबाट महिलाहरुको उद्धार गरेका हुन् । समुन्द्रमा कायकमा सयर गरिरहेका दुवै महिलालाई समुन्द्री छालले कायक पल्टाई दिएपछि उनीहरुहरु समुन्द्री छालबाट उम्किन निकै संघर्ष गरिरहेका थिए।
कायक ढल्किएको देख्नेबित्तिकै सोही स्थानमा रहेका राष्ट्रपति मार्सेलोले आफै समुन्द्री छालमा हाम फालेर पौडिदै दुबै महिलाको उद्धार गरेका हुन् । एसआईसीले खिचेको रेडियोको भिडियोले राष्ट्रपतिलाई पौडी खेलेको देखियो जहाँ अर्को व्यक्तिले जेट स्कीमा लाइफगार्ड अघि महिलालाई सहयोग पुर्याउन खोजिरहेका थिए ।
राष्ट्रपति मर्सेलोले भने, ‘ती महिलाहरू अर्को समुद्र तटबाट आएका थिए । उनीहरूले धेरै पानी निलेका थिए । भाग्यवस दुबै युवतीलाई सहयोग गर्न सफल भयौं ।’
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार