ब्रासिलिया । कोरोना भाइरससँग लडिरहेको ब्राजिलमा गएको २४ घन्टाभित्र ३२ हजार जना भन्दा बढीको संख्यामा सङ्क्रमितहरु भेटिएका छन् । प्राप्त समाचारअनुसार यहाँ पछिल्लो २४ घण्टामा मात्र ३२ हजार ५५४ जना कोभिड १९ का सङ्क्रमित भेटिएका बताइएको हो ।
त्यसैगरी यहाँ गएको २४ घन्टामा एक हजार बढीको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ १ हजार ५४ जनाको गएको २४ घन्टामा नै निधन भएको हो ।
यहाँ अघिल्लो दिनको तुलनामा सङ्क्रमितको संख्यामा भने कमी आएको बताइएको छ । प्राप्त समाचारमा अघिल्लो दिन ४५ हजार जनामा सङ्क्रमण देखिएकोमा २४ घन्टायता त्यसमा कमी आएको हो ।
अहिलेसम्म यहाँका संक्रमितको संख्या ३५ लाख ३६ हजार जना पुगेको बताइएको छ । यहाँका २६ लाख ७० हजार भन्दा बढी नागरिक भने निको भएर घर फर्र्किएका छन् ।
ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख १३ हजारभन्दा बढी पगेको बताइएको छ । यस संक्रमणबाट विश्वमा २ करोड ३१ लाख भन्दा बढी नागरिक संक्रमित भएका छन् भने ८ लाख ३ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।
ब्राजिल अमेरिकापछि सबैभन्दा बढी सङ्क्रमित हुने देश हो । अमेरिकामा कोरोना भाइरसका करिब ५८ लाख मानिस सङ्क्रमित पाइएका छन् ।
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी