लण्डन । गायिका सुनिता दुलाल नयाँ तिज गीत लिएर दर्शक तथा श्रोता माँझ आएकी छिन् । ‘जुममा हेरेर’ बोलको गीतमा कोरोनाका कारण एकै ठाउँमा भेला भएर तिज मनाउन नपाएको विद्यमान अवस्था समेटिएको छ ।
एकै ठाउँमा भेला भएर तिज मनाउन नपाए पछि इन्टरनेटको सहारामा जुममा भेला भएर युट्युबमा गीत प्ले गरेर रमाइलो गर्नु पर्ने विद्यमान परिस्थितीलाई दुलालले गीतमा समेटेकी छिन् ।
परम्परागत शैलीमा भेला भएर तिज मनाउँदा कोरोना संक्रमणको जोखिम हुने भएकाले उक्त कार्य नगर्न तथा नगराउन प्रोत्साहन होस् भनेर आफूले इन्टरनेटको माध्यमबाट तिज मनाउन सन्देश दिने प्रयास गरेको गायिका दुलालले बताइन् । समय अनुसार ढल्न सक्नुपर्छ भन्ने उद्देश्यले आफूले सोही सन्देश प्रवाह गर्न खोजेको उनको भनाइ छ ।
“समय र परिस्थिीलाई मध्यनजर गर्दै अगाडि बढ्नुको विकल्प छैन । आफ्नो र अरुको स्वास्थ्यका लागि पनि हामी आफैं सजग हुनुपर्छ भन्ने मान्यताले यो गीत ल्याएको हुँ,” उनले भनिन् ।
सुनिताको स्वर रहेको गीतमा रोजा वलीको शब्द तथा सुनिल मास्केको संगीत रहेको छ । कुशल श्रेष्ठको छायांकन, सम्पादन तथा निर्देशन रहेको भिडियोमा सुनितासँगै भवानी तिमलसिना, काब्य श्रेष्ठ, रस्मिता दर्लामी, आस्था जोशी, रोश्ना कार्की, रिमा कणेल, दिपिका श्रेष्ठ, स्वस्तिका लोहनी, आस्तिक कणेल, दीपक थापालगायत भिडियोमा फिचर्ड छन् ।
सुनिता हरेक वर्ष तिज गीत सार्वजनिक गर्दै आएकी छिन् ।
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’
साझा नेपाली समाज यूकेको अध्यक्षमा नारायण फुँयाल चयन
थारु कल्याणकारिणी सभा यूकेले दोस्रो माघी महोत्सव मनाउने
सोलार फार्म नेपालले चार प्रतिशत बोनस शेयर दिने
ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन