लण्डन । गायिका सुनिता दुलाल नयाँ तिज गीत लिएर दर्शक तथा श्रोता माँझ आएकी छिन् । ‘जुममा हेरेर’ बोलको गीतमा कोरोनाका कारण एकै ठाउँमा भेला भएर तिज मनाउन नपाएको विद्यमान अवस्था समेटिएको छ ।
एकै ठाउँमा भेला भएर तिज मनाउन नपाए पछि इन्टरनेटको सहारामा जुममा भेला भएर युट्युबमा गीत प्ले गरेर रमाइलो गर्नु पर्ने विद्यमान परिस्थितीलाई दुलालले गीतमा समेटेकी छिन् ।
परम्परागत शैलीमा भेला भएर तिज मनाउँदा कोरोना संक्रमणको जोखिम हुने भएकाले उक्त कार्य नगर्न तथा नगराउन प्रोत्साहन होस् भनेर आफूले इन्टरनेटको माध्यमबाट तिज मनाउन सन्देश दिने प्रयास गरेको गायिका दुलालले बताइन् । समय अनुसार ढल्न सक्नुपर्छ भन्ने उद्देश्यले आफूले सोही सन्देश प्रवाह गर्न खोजेको उनको भनाइ छ ।
“समय र परिस्थिीलाई मध्यनजर गर्दै अगाडि बढ्नुको विकल्प छैन । आफ्नो र अरुको स्वास्थ्यका लागि पनि हामी आफैं सजग हुनुपर्छ भन्ने मान्यताले यो गीत ल्याएको हुँ,” उनले भनिन् ।
सुनिताको स्वर रहेको गीतमा रोजा वलीको शब्द तथा सुनिल मास्केको संगीत रहेको छ । कुशल श्रेष्ठको छायांकन, सम्पादन तथा निर्देशन रहेको भिडियोमा सुनितासँगै भवानी तिमलसिना, काब्य श्रेष्ठ, रस्मिता दर्लामी, आस्था जोशी, रोश्ना कार्की, रिमा कणेल, दिपिका श्रेष्ठ, स्वस्तिका लोहनी, आस्तिक कणेल, दीपक थापालगायत भिडियोमा फिचर्ड छन् ।
सुनिता हरेक वर्ष तिज गीत सार्वजनिक गर्दै आएकी छिन् ।
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च