सिंगापुर । सिंगापुरले कारोना भाइरसका कारण ह्रास भएको अर्थतन्त्रमा सुधार ल्याउनका लागि भन्दै ५ अर्ब ८० करोड अमेरिकी डलर बराबरको राहत प्याकेजको घोषणा गरेको छ ।
सिंगापुरका प्रधानमन्त्रीले गत मार्च महिनाबाट नै सुरु गरेको सो प्याकेजबारेमा मंगलबार जानकारी दिइएको समाचारमा जनाइएको छ ।
साउथ चाइना मर्निङ पोष्टले जनाएअनुसार सिंगापुरमा ह्रास भएको अर्थतन्त्रको सुधारका लागि भन्दै यहाँको सरकारले घोषणा गरेको यो आर्थिक प्याकेजको कार्यक्रम आगामी मार्च महिनासम्मका लागि भएको बताएको छ ।
सिंगापुरका उपप्रधानमन्त्री तथा अर्थमन्त्री हङ स्वी कायतले यो आर्थिक प्याकेजले यहाँका कम्पनीहरुलाई आफ्ना आर्थिक क्रियाकलापहरु गर्न तथा रोजगारमा असर परेका नागरिकलाई पुनः काममा बोलाउन पनि सहयोग पुग्न सक्ने अपेक्षा गरिएको बताउनुभयो ।
साउथ चाइना मर्निङ पोष्टले दिएको जानकारी अनुसार यहाँको पछिल्लो समयको बेरोजगार दरमा पनि बृद्धि भएको देखिएको छ ।
यहाँ पछिल्लो महिना २.९ प्रतिशतमा बेरोजगार दर पुगेको छ । यो दर यसै वर्षको जनवरीदेखि मार्चसम्मको भन्दा धेरै हो । त्यस अवधिमा यहाँको बेरोजगार दर २.४ प्रतिशत मात्र थियो ।
उपप्रधानमन्त्री कायतले सिंगापुर सरकारले यो राहतको कार्यक्रम मार्च महिनादेखि शुरु भएर आगामी वर्षको मार्च सम्मका लागि गरेको हो ।
यस अवधिमा यहाँ आर्थिक क्रियाकलापकरुलाई चलायमान बनाउन र उद्योग तथा कारखानाहरुमा गुमेका रोजगारीहरु पनि पुनर्स्थापना गर्न देशका उद्योग सञ्चालकहरुले पनि यो कोषको उपयोग गर्न सक्नेछन् ।
यो रकम यहाँको हवाई उड्डयनका साथै पर्यटन क्षेत्र र मजदुरहरुको ज्याला आदिका लागि पनि उपलब्ध गराइने उहाँले बताउनुभयो ।
विश्वको अर्थतन्त्रमा कोरोना भाइरसको महामारीले असर गरेसँगै यसको प्रभाव सिंगापुरमा पनि परेको छ । यहाँको अर्थतन्त्रलाई ध्वस्त हुन नदिन सरकारले यो प्रस्ताव गरेको बताइएको छ ।
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल