टोरन्टो । क्यानडाका अर्थमन्त्री बिल मोर्नीले आफू निकट सम्बन्ध रहेको एक सामाजिक संस्थालाई सरकारी कार्यक्रम दिलाउन भूमिका खेलेको आरोपमा छानबिन हुन थालेपछि राजीनामा दिनु भएको छ ।
प्रधानमन्त्री जस्टिन ट्रुडोको छविमै आँच आउने अवस्था सिर्जना भएपछि उहाँले मन्त्री सहित साँसद पदबाट पनि राजीनामा दिनु भएको समाचारमा जनाइएको छ ।
अहिले मन्त्री मोर्नीका परिवारका सदस्यहरुसँग डब्लुई च्यारिटी नामको संस्थाको सम्बन्धमा अनुसन्धान शुरु भएको छ, र प्रारम्भिक विवरणमा च्यारिटीसँग सम्बन्ध रहेका प्रमाणहरु सार्वजनिक भएका छन् ।
सरकारी अनुदानप्राप्त विद्यार्थी स्वयंसेवी कार्यक्रमका लागि डब्लुई च्यारिटीलाई ६७ करोड अमेरिकी डलरको एउटा कार्यक्रम संचालनको जिम्मेवारी दिइएको थियो ।
मन्त्री मोर्नीले आफूले विभिन्न भ्रमणका क्रममा डब्लुई च्यारिटीबाट यातायात खर्च बुझेको स्वीकार गर्नु भएको छ । उहाँले संवाददाताहरुलाई भन्नुभयो, “म क्यानडाको अर्थमन्त्री र सांसद पद दुबैबाट राजीनामा दिँदैछु ।”
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार