सियोल । विदेशबाट दक्षिण कोरिया भित्रिएका कोभिड–१९ सङ्क्रमित तथा स्वदेशमा नै रहेका तर नियन्त्रणका उपायलाई उल्लङ्घन गर्ने विरामीले उपचार खर्च आफै व्यहोर्नुपर्ने भएको छ ।
कोरिया सरकारले सोमबारबाट लागु हुने गरी यो व्यवस्था गरेको हो ।
स्वास्थ्य अधिकारीहरूका अनुसार कोरियाले विदेशबाट आएका कोभिड–१९ सङ्क्रमित बिरामीहरूलाई उनीहरूको मेडिकल सेवाको लागत भुक्तान गर्न अनुरोध गर्नेछ ।
यही अगष्ट २४ देखि देशले कूटनीतिक सम्बन्धमा पारस्परिक सम्बन्धको सिद्धान्तलाई ध्यानमा राखेर विदेशीहरूलाई फरक रकम लगाउने दक्षिण कोरियाली अधिकारीहरूले बताएका छन् ।
अहिलेसम्म दक्षिण कोरियाले स्वदेशी तथा विदेशी सबै कोभिड–१९ विरामीहरुलाई निःशुल्क चिकित्सा सेवाहरु प्रदान गर्दै आएको थियो ।
महामारी लामो समयसम्म अन्त्य नहुँदा करदाताहरुलाई थप भार पर्र्ने भन्दै सरकारले विदेशी बिरामीहरुलाई बोझ बाँड्न आह्वान गरेको हो । दक्षिण कोरिया यसको निःशुल्क शुल्कको उपचार नीति परिवर्तन गर्दा आउने कूटनीतिक समस्याबारे सचेत रहेको छ ।
यद्यपि समुदायमा सङ्क्रमण नियन्त्रणका लागि अझै पनि भाइरस सङ्क्रमित विदेशीलाई आवश्यकता अनुसार केही वा सबै खर्चमा छुट दिने सरकारी अधिकारीहरूले बताएका छन् ।
दक्षिण कोरियामा विगत पाँच महिना यता आइतबार सङ्क्रमितको सङ्ख्या सबैभन्दा धेरै पुगेको छ । आइतबार सङ्क्रमितको सङ्ख्या २७९ पुगेको थियो भने यो सङ्ख्यामा सोमबार भने सामान्य कमी आउँदा थप १९७ सङ्क्रमित भएका छन् ।
दक्षिण कोरियाको राष्ट्रिय रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार अहिलेसम्म यहाँ कूल सङ्क्रमितको सङ्ख्या १५ हजार ५१५ पुगेको छ भने ३०५ सङ्क्रमितको मृत्यु भएको छ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार