वेलिङ्टन । न्यूजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डेनले मुलुकमा कोरोनाभाइरसका बिरामी देखिएको भन्दै आमनिर्वाचन चार हप्ता पछि सारेको घोषणा गर्नु भएको छ ।
न्यूजिल्यान्डको आमनिर्वाचन आगामी सेप्टेम्बर १९ का लागि तोकिएको थियो । दोस्रो कार्यकालका लागि पुनः निर्वाचित हुने अभियानमा रहनु भएकी आर्डेनले आगामी अक्टोबर १७ का लागि नयाँ मिति तोक्नु भएको छ ।
न्यूजिल्यान्डमा कोभिड–१९ बाट संक्रमितहरु पुनः देखिएका कारण चुनावमा असर पर्ने भन्दै आमनिर्वाचनको मिति पछि सार्नु परेको पनि उहाँले बताउनुभएको छ ।
न्यूजिल्यान्ड सरकारले शुक्रबार मात्र देशकै सबैभन्दा ठूलो शहर अकल्यान्डमा अरु १२ दिनका लागि लकडाउन गरिएको छ । यस शहरमा कोरोनाभाइरसबाट संक्रमितको संख्या एकाएक बढेको देखिएको छ । आइतबार समुदायस्तरमा १२ जना नयाँ संक्रमित भेटिएका थिए । यो सहित न्यूजिल्यान्डमा कोरोना संक्रमितको कूल संख्या ४९ पुगेको छ ।
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी