बैङ्कक । प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गरिरहेका तीन अधिकारकर्मीको गिरफ्तारीपछि उनीहरूको रिहाइ र सरकारको विरोधमा राजधानी बैङ्ककमा विरोध प्रदर्शन भएको छ ।
प्रजातान्त्रिक हकका लागि आवाज उठाएकै भरमा सरकारले अभियानका अगुवालाई पक्राउ गरेपछि बैङ्कक आइतबारको आन्दोलन तय भएको हो ।
थाइल्याण्डमा विद्यार्थी समूहको नेतृत्वमा सन् २०१४ मा सैन्य विद्रोह नेतृत्व गर्ने पूर्व सैन्य प्रमुख तथा प्रधानमन्त्री प्रयुत चान–ओ–चा र उहाँको समर्थन रहेको संस्थापन पक्षको गएको केही महिनादेखि भर्त्सना गर्दै करीव दैनिक प्रदर्शनहरू भइरहेका छन् ।
शुक्रबार राति लोकप्रिय विद्यार्थी नेता पारित चिवराकलाई रिहा गरेपछि उहाँले बैङ्ककको लोकतन्त्र स्मारकमा जाने आइतवारको जुलुसमा सहभागी हुने वाचा गर्नुभएको थियो ।
“हामी तपाईंलाई निराश तुल्याउने छैनौँ,” प्रहरीले विद्यार्थी नेतालाई रिहा गरेपछि स्वागतका प्रहरी कार्यालय बाहिर जम्मा भएका समर्थकहरुको भीडलाई उहाँले भन्नुभयो ।
हजारौंले भाग लिएको भनिएको विरोध प्रदर्शनको तालिका सुरु हुनु अघि नै सयौं सुरक्षाकर्मीहरू कार्यक्रम स्थलमा पुगेका देखिएका बैङ्ककबाट प्राप्त सूचनाहरूमा जनाइएको छ ।
आंशिक रूपमा हङकङको प्रजातान्त्रिक आन्दोलनबाट प्रेरित आन्दोलनकारीहरूले नेतृत्वविहीन अवस्थामा युवाहरू स्वतः स्फूर्त सडकमा आएको दावी गर्छन् । उनीहरूले देशभर समर्थन प्राप्त गर्न प्रायः सामाजिक सञ्जालमार्फत् अभियान चलाएका छन् ।
आइतवार बिहान सुरू भएको ‘निरङ्कुशताको अन्त्य गर्नका लागि आन्दोलनमा सहभागिताका लागि आफ्नो साथीलाई सन्देश पुर्याउनुहोस् भन्ने भावको सन्देशले थाईल्याण्डभित्र सामाजिक सञ्जालमा पहिलो प्राथमिकता पाएको थियो ।
आन्दोलनकारीहरूले सरकारको अवरोध र सन् २०१७ मा सैन्य प्रशासनद्वारा लिपिबद्ध संविधानको पुनर्लेखनको माग गरिरहेका छन् । प्रदर्शनकारीहरूले गत वर्षको चुनावमा प्रयुतको सैन्य गठबन्धन पार्टीको पक्षमा जनमत आउनुमा षड्यन्त्र भएको दावी गरेका छन् ।
गत हप्ता करिब चार हजारको सङ्ख्यामा भेला भएको प्रजातन्त्र पक्षधर समूहले एउटा जुलुसको आयोजना गरी थाइल्याण्डको ‘अनुपलब्ध राजतन्त्रको रक्षा गर्ने कानून खारेज गर्न र थाईल्याण्डमा शाही संस्थाको भूमिका’ बारेमा स्पष्ट छलफलको लागि आह्वान गरिएको थियो ।
थाई नरेश महा वजिरलङ्कोर्नलाई सेना र पूँजीपति व्यवसायी तथा राज्यका सम्भ्रान्तहरूले थाई सत्ताको शीर्षमा राखेको दावी प्रदर्शनकारीहरूले गरेका छन् ।
थाईल्याण्डको अपराध संहिताको धारा ११२ ले प्रत्येक अभियोगको लागि १५ वर्ष जेल सजाय पाएकाहरुलाई पनि सत्ताको आडमा संरक्षण गरेको आरोप प्रदर्शनकारीले लगाएका छन् ।
बढ्दो असन्तुष्टि
लोकतन्त्र समर्थकको आन्दोलनप्रतिको बढ्दो साहसले राजतन्त्र पक्षधरलाई क्रोधित बनाएको छ ।
आइतवार, राजाको चित्र बोकेका दर्जनौँ राजतन्त्रवादी प्रदर्शनकारीहरू पनि प्रजातन्त्रको स्मारकमा भेला भई आन्दोलनको विरोध गरेका थिए । उनीहरू पहेँलो पोशाकमा भेला भई ‘हाम्रा राजा अमर रहून्’ भन्ने नारा लगाएका थिए ।
सरकार विरोधी प्रदर्शन तथा भेला हुने भनिएको उक्त स्थानमा लगत्तै प्रजातान्त्रिक समूहका प्रदर्शनकारीको ठूलो समूहले प्रजातन्त्रको पक्षमा नाराबाजी गरेका थिए ।
विद्यार्थी नेता पारीतको पक्राउभन्दा अघिल्लो दिन, प्रयुतले प्रदर्शनकारीहरुको माग मुलुकको बहुमतका लागि ‘अस्वीकार्य’ भएको भन्दै प्रजातन्त्र समर्थक आन्दोलनलाई ‘जोखिमपूर्ण’ बताउनुभएको थियो । तर पछि उहाँले टेलिभिजनमा गरेको सम्वादमा थप सुझबुझसहित ‘भविष्य युवाको भएको’ भन्दै एकताका लागि थाई युवाहरूसँग अनुरोध गर्नुभएको थियो ।
थाइल्याण्डले लामो समयदेखि हिंस्रक प्रदर्शन र विद्रोहको चक्रहरूको सामना गरेको छ, जहाँ राजावादी थाई सेनाले दर्जनभन्दा बढी पटक अनपेक्षितरूपमा सत्तालाई कब्जामा लिई प्रजातान्त्रिक समूहलाई पाखा लगाउने र निरंकुशतालाई प्रोत्साहन गर्ने गरेको छ ।
थाईल्याण्डमा बढ्दो असन्तुष्टिको कारक राज्य सन् १९९७ पछि कोरोनाभाइरस महामारीको कारण सबैभन्दा खराब आर्थिक सङ्कटमा फसेको छ ।
महामारीका कारण लाखौं बेरोजगार बनेका छन् र सङ्कटले थाई अर्थव्यवस्थामा असमानताहरूलाई उजागर गरेको छ । यसको फाइदा सम्भ्रान्त, सैनिक समर्थक प्रतिष्ठानलाई भइरहेको बताउने गरिएको छ ।
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
सीएनसीबीजीको ग्रान्ड च्यारिटी डिनर नाइट सम्पन्न
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती