
कुवेत । लामो समय देखि कोरोना संक्रमणका कारण लकडाउन रहेको र प्राय: क्षेत्रहरु ठप्प रहेको कुवेतमा आगामी अगष्ट १८ गते मंगलबारबाट जनजीवन समान्य हुने भएको छ।चौथो चरणमा जनजीवन सहज बनाउने निर्णय कुवेत सरकारको अगस्ट-१३ तारिक बसेको बैठकले गरेको हो।
द टाइम्स कुवेतले समाचारमा जनाए अनुसार कुवेत सरकारले सामान्य अबस्थाको संख्यामा ५० प्रतिशत भिडभाड रहने गरि होटल, रेस्टुरेन्ट, क्याफे र सार्वजनिक यातायात शुरू गर्न आदेश दिएको छ।
त्यसै गरी खेलकूद र स्वास्थ्य क्लबहरू, व्यक्तिगत हेरचाह पसलहरू,ब्यूटिपार्लर, सैलूनहरू र बार्बरसप,टेलरिंग पसल र कार्यशालाहरू पनि मंगलबारबाट खुल्ने छन।यहाको सरकारी र निजि कार्यालयहरु पनि खुल्ने छन।
तर सामान्य अबस्थाको संख्यामा ५० प्रतिशत मात्र भिडभाड हुने गरि खोल्ने भनिएको ब्यापार ब्यबसायमा पनि कोरोना संक्रमणबाट बच्ने उपायहरु अबलम्बन गर्नु पर्ने छ।विशेष गरि अरुबाट आफुलाई र आफुबाट अरुलाई कोरोना संक्रमण नहोस भन्नको लागि ग्लब्स लगाउने, मास्क लगाउने, समाजिक दूरी कायम गर्ने लगाएत फूटबल खेलहरुमा दर्शकहरु रहन नपाउने नियम कडाईको साथ लागू गरिने छ।
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी