नयाँ दिल्ली । भारतको राजधानी शहर नयाँ दिल्लीमा गत २४ घण्टाको अवधिमा थप एक हजार १९२ व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने थप ११ सङ्क्रमितको मृत्यु भएको राज्य सरकारले जानकारी गराएको छ ।
योसँगै दिल्लीमा शुक्रबारसम्म सङ्क्रमित भएका व्यक्तिको सङ्ख्या एक लाख ५० हजार ६५२ पुगेको छ । दिल्लीमा चार हजार १७४ सङ्क्रमितको मृत्यु भएको पुष्टि गरिएको छ । राष्ट्रिय राजधानीमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ११ हजार ३६६ पुगेको छ ।
दिल्लीमा शुक्रबार कोरोना सङ्क्रमणमुक्त भई घर फर्किनेको सङ्ख्या ७९० रहेको छ भने अहिलेसम्म एक लाख ३५ हजार १०८ सङ्क्रमित निको भई घर फर्किएका छन् ।
दिल्लीमा हालसम्म १२ लाख ७३ हजार १४० को कोभिड–१९ परीक्षण गरिएको छ ।
संघीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार भारतमा गत २४ घण्टामा सङ्क्रमितको सङ्ख्या ६४ हजार ५५३ पुगेको छ भने एक हजार सङ्क्रमितको मृत्यु भएको छ ।
भारतभर कूल सङ्क्रमितको सङ्ख्या २४ लाख ६१ हजार १९१ रहेको छ भने छ लाख ६१ हजार ५९५ अझै सङ्क्रमित अवस्थामा रहेका छन् । सङ्क्रमितमध्ये देशभर ४८ हजार ४० जनाको मृत्यु भइसकेको छ ।
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल