
ब्रसेल्स ।बेल्जियमका मेयर तथा सांसद बार्ट दे वेभेरमाथि ४० वर्षीय नेपालीले आक्रमण प्रयास गरेका छन्। करिब चारदेखि ५ हजार नेपाली बसोबास गर्ने शहर एन्टवेर्पेन शहरका बहालवाला मेयर र भ्लाम्स पार्लियामेन्टका सांसदसमेत रहेका मेयर बार्टमाथि आक्रमण प्रयास गर्ने नेपालीलाई बिहिबार बिहान प्रहरीले पक्राउ गरेको कुरा एचएलएन न्युजले बताएको छ।
बेल्जियमको संघीय संसद र भ्लाम्स संसदमा सबैभन्दा संसद जितेको ठूलो राजनीतिक पार्टी एनभियाबाट सम्भावित प्रधानमन्त्री उम्मेद्वार रहेका पार्टी केन्द्रीय सभापती तथा मेयर बार्टलाई निवास र स्वास्थ अभ्यासका लागि पार्कमा जाँदा नेपालीले फलो गरेका थिए ।
नेपालीको घना बस्ती रहेको दुर्नेमा रहेको मेयर बार्ट दे वेभेरको निजी निवासको ढोका र गार्डेनमा गत बिहिबार र शुक्रबार ति नेपाली रातको समयमा गएका थिए। चोर्ने या आक्रमण गर्न गएको पुष्टी नभए पनि मेयरले आफु बच्न निवासमा रहेको भारतीय एअर राईफल निकालेर ति नेपालीलाई ताकेका थिए।
तर स्थानीय प्रहरीले मेयर वार्टलाई बन्दुक देखाउनु कानुन विपरित भएको बताएको छ।
कोरोना संक्रमणको दोश्रो लहडको संख्या सो शहरमा देशै भरीमा ५५ प्रतिशत भन्दामाथि रहेको छ। हिराको व्यापारमा विश्व प्रसिद्ध एन्टवेर्पेन शहरमा सो घटना हुनु दुखद रहेको कुरा सो पार्टीबाट गत स्थानीय निर्वाचनमा १७ मतले पराजित उपविजेता नेपाली उम्मेद्वार कृष्ण सगुन क्षेत्रीले बताए। क्षेत्रीका अनुसार एस्तो तितो खबर बेल्जियमको ईतिहासमा पहिलो पटक सुनिएको छ।
दुर्ने नजिकैका स्थायी बासिन्दा तथा गैर आवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष चित्र सुवेदीले घटना दु:खद रहेको बताए। ‘अनुमानित ८ देखि ९ हजार नेपाली बस्ने बेल्जियममा यो नहुनु पर्ने घटना हो। गलत नियतबाट नेपाली संलग्न नरहेको पुष्टी भए मात्र नेपालीको शीर निहुराउने ठाउ रहने छ’ अध्यक्ष सुवेदीले भने।
सो नेपाली पक्राउ परेपछि प्रहरीले मनोरोग अस्पतालमा भर्नासमेत गरेको बताइएको छ। तर केही समय अघि नगरपालिकामा काम गर्ने सो नेपालीलाई कामबाट निकालिएकाले काममा पुनर्बहाली अनुरोध गर्न गएको हुन सक्ने अनुमान नेपाली समुदायको छ भने सो नेपालीलाई अहिले भेट गर्न दिईएको छैन्।
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल