कुवेत प्रवेशमा प्रतिबन्धका कारण श्रमिकहरू अन्याेलमा

Kuwait skyline flat poster with awesome traditional buildings on the sea shore vector illustration

 

कुवेतकुवेतले नेपालसहित ३१ देशका नागरिकलाइ कुवेत प्रवेशमा रोक लगाएका कारण घरविदामा नेपाल आइ कोभिड-१९ को कारण लकडाउनमा परि कर्मक्षेत्रमा फर्किने पर्खाइमा बसेका युवाहरू अन्योलमा परेका छन् । लामो समयदेखि लकडाउन भएर कुवेत फर्कन बन्चित भएका युवाहरू ३ हप्ता अगाडिदेखि अगष्ट १ तारिकबाट कुवेतले अन्तर्राष्ट्रिय उडान गर्ने भन्ने खबर सार्वजनिक भए पछि कर्मभूमिमा फर्कन पाइनेमा आशावादी भएका थिए । तर अन्तर्राष्ट्रिय उडान खोले पनि अन्य ३० राष्ट्रका श्रमिक सरह नेपालका श्रमिकलाइ कुवेत प्रवेशमा रोक लगाइएपछि लकडाउनको समय भर थमाैती भएको जागिर पनि गुम्ने पो हो कि भन्ने चिन्तामा छन् ।
मध्यपुर्वका राष्ट्रहरूमा राम्रो रोजगार गन्तब्य मुलुकको रूपमा चिनिएको कुवेतले अन्तर्राष्ट्रिय उडान शुरू गरेर पनि कुवेत प्रवेशमा प्रतिबन्ध लगाएपछि छुट्टीमा बसेर फर्कने नेपाली श्रमिकले कहिलेसम्म कुवेत फर्कन पाउने हो अनिश्चितता बढाएको छ । कुवेतले कोरोना भाइरसको उच्च जोखिम भएका देशहरुका नागरिकको प्रवेशमा रोक लगाएको हो ।
व्यावसायिक उडानहरु आंशिक खुला गरिएकै दिन कुवेत सरकारले नयाँ प्रतिबन्धहरु घोषणा गरेको खबर कुवेत टाइम्समा प्रकाशित भएको थियो भने प्रतिवन्धमा परेका मुलुकका कामदारहरू उडान खुलेका अन्य देशमा आइ १४ दिन क्वारेन्टाइनमा बसेमा कुवेतमा प्रवेश दिने पनि बताइएको छ । यस विषयमा नेपाली दूतावासमा सम्पर्क गर्दा कुवेत प्रवेशमा रोक लगाइएको विषय नेपाल सरकारको सम्बन्धित निकायमा जानकारी गराइ सकेको जानकारी दिंदै कुवेत फर्कन चाहने श्रमिकहरूको यकिन तथ्यांक दूतावाससँग नभए पनि ६-७ हजारको हाराहारीमा कुवेत फर्कन चाहने युवाहरू रोकिएको जनाउँदै लकडाउनको कारण धेरैले रोजगारी गुमाइरहेको अबस्थामा अझै कुवेत प्रवेशमा प्रतिबन्ध लम्बिएमा हजाराैंको संख्यामा नेपाली श्रमिकहरूको रोजगारी गुम्ने सम्भावना रहेको दूतावासले जनाएको छ ।
कुवेतले नेपाल, बंगलादेश, ब्राजिल, अरमेनिया, बोस्निया हर्जगोविना, चिली, चीन, कोलम्बिया, इजिप्ट, हङ्कङ, भारत, इण्डोनेसिया, इरान, इटाली, लेबनान, मेक्सिको, पानामा, पाकिस्तान, पेरु, फिलिपिन्स, सिङ्गापुर स्पेन्न, डोमिनिकन रिपब्लिक, इराक, इटली, कोसोभो, मोल्डोभा, मोन्टेनेग्रो, , उत्तरी म्यासेडोनिया, सर्बिया, श्रीलंका र सिरियाका नागरिकको प्रवेशमा रोक लगाइएको हो ।
Chat Conversation End

प्रतिक्रिया

सम्बन्धित सामाग्री