बिहीबार, साउन २९ २०७७ | Thu, August 13, 2020
नेपालको समय: १६:५७ | UK Time: 12:12

साईप्रसमा २१ वर्षिया नेपाली विद्यार्थीको निधन

केजिन राई
२०७७ साउन १२ गते १७:४६

ब्रसेल्स ।  धादिङ घर भएकी २१ वर्षिया नेपाली विद्यार्थी रेणुका कोइरालाको साइप्रसको निकोसियामा मोटरसाइकल दुर्घटनामा परी हिजो निधन भएको छ ।

अध्ययनको सिलसिलामा गत जनवरी – फेब्रुअरी इन्टेकमा साईप्रस आएकी कोइरालाको २६ जुलाईको करिब २ बजे राति काम गरेर डेरातिर फर्कने क्रममा ट्राफिक दुर्घटनामा परी घाइते भएकी थिइन् । उलाई निकोसीया अस्पताल पुऱ्याउँदा डाक्टरले तत्कालै मृत घोषणा गरेका थिए । निकोसीयाबाट संचारकर्मी समिम मियाँका अनुसार स्थानीय प्रहरीले रेणुकाको निधनको पुष्टि गरिसकेको छ ।

राति रेणुकालाई पिकअप गरेर आउने चालकसहित मोटरसाइकल हाल प्रहरी नियन्त्रणमा रहेको प्रहरीले बताइएको छ ।

अनुसन्धानको क्रममा मृतक कोइरालाको साथबाट परिचय पत्र. मोबाइल सेट, निलो रंगको झोला र झोला भित्र केही पैसा भेटिएको साइप्रस प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक