
Pic : Kuwait skyline flat poster with awesome traditional buildings on the sea shore vector illustration
कुवेत – कुवेत सरकारले कोभिड-१९ को महामारीको कारण सृजित विषम् परिस्थितिलाइ मध्यनजर गर्दै कुवेत आउनु र कुवेत छोड्नु पर्दा पालना गर्नु पर्ने केहि नियमहरू परिवर्तन गरेको छ । कोरोना महामारीका कारण विश्वभरको जनजीवन अस्तब्यस्त भए संगै कुवेतले पनि मार्च १४ देखि बन्द गरेको व्यावसायिक उडानहरु आगामी अगस्ट १ तारिकबाट शुरु गर्ने भएको छ ।
त्यसैले कुवेतबाट आफ्नो देश जाने वा कुवेत आउने आप्रवासीहरुले निम्न कुराहरु अपनाउनु पर्ने जनाएको छ। कुवेत आउनु र कुवेत छोड्नु पर्दा निम्न कुराहरु परिवर्तन भएका छन् ।
कुवेत छोड्दा:
१.अगस्ट १ देखी कमर्सियल फ्लाइटमा जादा पिसिआर टेस्ट अनिबार्य, ४० केडी शुल्क लाग्ने ।
२. कुवेत एयरपोर्टमा वा यात्रा भर मास्क,गल्बस र सामाजिक दुरी कायम गर्नु पर्ने ।
३. कुवेतबाट डिपोर्ट गरिने यात्रीहरुले औषधि वा अत्याबश्यक सामानहरु बाहेक हाते ब्याग (ह्यान्ड क्यारी)लैजान नपाउने,तर बढिमा २० किलो सम्मका सामानहरु लगेजबाट पठाउन पाइने छ।
कुवेत आउँदा:
१. पिसिआर नेगेटिभ भएको रिपोर्ट बढीमा ३ दिन अबधीभित्र परिक्षण गरिएको हुनु पर्ने।
२. स्लोनिक(Shlonik) एप्स मोबाइलमा हुनु पर्ने ।
३. कुवेत आउँदा वा यात्रा भर अनी एयरपोर्टमा मास्क गल्बस र सामाजिक दुरी कायम गर्नु पर्ने।
४. कुवेत आए पछी यहाँको स्वास्थ्य निती मान्छु भनी सहमती पत्रमा हस्ताक्षर गर्नु पर्ने ।
५. १४ दिन होम क्वेरन्टाइन बस्नु पर्ने ।
भिसा सम्बन्धी
१. कुवेत बाहिर रहँदा भिसा सकिएमा नयाँ भिसा अनिबार्य लगाउनु पर्ने। भिसा लगाए पछी कुवेत मोबाइल आइडी एप्स डाउनलोड गरी स्मार्ट सिभिल आइडी वा नयाँ भिसा लगाएको प्रमाण देखाउनु पर्ने ।
२. घरेलु महिला कामदारहरुका हकमा ६० वर्ष माथिका कुवेत
सीएनसीबीजीको ग्रान्ड च्यारिटी डिनर नाइट सम्पन्न
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालका १०१ पर्यटकीय गन्तव्य पुस्तकमा, कुन-कुन समेटिए ?
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती