मुम्बई ।बलिउड अभिनेता अमिताभ बच्चन र छाेरा अभिषेक बच्चनमा पनि काेराेना भाइरस पुष्टि भएकाे छ । बच्चनले आफ्नाे आधिकारिक ट्वीटर र फेसबुक मार्फत आफूलाई काेराेना पाेजिटिभ भएकाे लेखेका छन् । ७७ वर्षका उनी उपचारका लागि मुम्बईकाे नानावती अस्पताल भर्ना भएकाे भारतीय संचारमाध्यमले लेखेका छन् ।
‘आज (शनिबार) साँझ मलाई कोरोना पोजिटिभ भएको छ । अस्पताल भर्ना भएको छु । अस्पतालले सम्बन्धित निकायलाई खबर गरिसकेको छ,’ अमिताभले आफ्नो पाेस्टमा लेखेका छन्, ‘मेरो परिवारका सदस्य र स्टाफको पनि परीक्षण गरिएको छ । नतिजा आउन बाँकी छ ।’ उनले पछिल्लो १० दिनमा आफू र आफ्नो परिवारको सम्पर्कमा आएकालाई पनि परीक्षण गराउन आग्रह गरेका छन् ।
अमिताभ पछिल्लो पटक सुजीत सरकारको ‘गुलाबो सिताबो’मा देखिएका थिए । कोरोना महामारीका कारण यो फिल्म अमेजन प्राइम भिडियोमा रिलिज गरिएको थियो । उनी रियालिटी शो ‘कौन बनेगा करोडपति’को १२ सिजनको होस्टका रुपमा पनि देखिँदै थिए । शनिबार साँझ काेराेना परीक्षण गर्दा अमिताभलाई काेराेना देखिएपछि अभिषेककाे पनि काेराेना परीक्षण गर्दा उनमा काेराेना पाेजिटिभ देखिएकाे हाे ।
अभिषेकलाई कोरोना
अभिषेकले ट्वीट मार्फत आफूलाई काेराेना देखिएपछि अस्पताल भर्ना भएकाे लेखेका छन् । अभिषेकले शनिबार बुवा अमिताभ र आफूमा कोरोना संक्रमण पुष्टि भएको उल्लेख गर्दै सामान्य लक्षण मात्रै देखिएको बताएका छन् । आफूहरुले आवश्यक प्रक्रिया पूरा गरेको र परिवारका अन्य सदस्य र कर्मचारीको परीक्षण भइरहेको पनि उनले बताएका छन् । उनले सबैलाई शान्त रहन आग्रह गर्दै नआत्तिन अपिल पनि गरेका छन् ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार