भारत। भारतको स्वास्थ्य मन्त्रालयले भारतमा कोभिड-१९ का संक्रमितहरुको निको हुने दर बढेको जानकारी दिएको छ । सो मन्त्रालयले भारतमा कोरोना संक्रमणबाट संक्रमितहरुको निको हुने दर बढेर ६१.५३ प्रतिशत पुगेको जानकारी दिएको जनाइएको छ ।
यहाँ गएको २४ घन्टामा मात्र २२ हजार जनाभन्दा बढी संक्रमित भेटिएका बुधबार बिहान प्राप्त भएको समाचारमा जनाइएको छ । बुधबार दिइएको जानकारीमा यहाँ गएको २४ घन्टामा २२ हजार ७५२ जना संक्रमित भेटिएका हुन् । योसँगै यहाँका संक्रमितहरुको संख्या बुधबार बिहानसम्ममा ७ लाख ४२ हजार ४१७ जना पुगेका छन् ।
यी संक्रमितहरुमा भारतमा ४ लाख ५६ हजार ८३० जना संक्रमितहरु निको भएर घर फर्किएका सो मन्त्रालयले जानकारी दिएको छ । अझै पनि भारतमा २ लाख ६४ हजार ९४४ जना संक्रमितहरु अहिले रहेका छन् । उनीहरुमध्ये कतिपय अस्पताल त केही आफ्नै घरमा आइसोलेसनमा पनि रहेका छन् ।
यहाँ २० हजार ६४२ संक्रमितको निधन भएको छ । गएको २४ घन्टामा मात्र यहाँ ४८२ जनाको ज्यान गएको बताइएको छ । योसँगै भारतमा कोभिड-१९ को संख्या हेर्दा करिब ६१.५३ प्रतिशत निको भएर घर फर्किएको देखिएको छ । यो संख्या पहिलेको तुलनामा बढ्दै गएको पनि सो मन्त्रालयले दिएको तथ्यांकमा उल्लेख गरिएको छ ।
मन्त्रालयले निको हुने दर हरेक दिन बढ्दै गएको जनाएको छ । साथै पछिल्ला दिनहरुमा परीक्षणको संख्या पनि मन्त्रालयले बढाउँदै लगेको सो मन्त्रालयले जनाएको छ । साथै मन्त्रालयले सबैभन्दा बढी प्रभावित राज्यका रुपमा महाराष्ट्र नै अगाडि रहेको पनि बताएको छ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार