वासिङ्टन । अमेरिकी विश्वविद्यालयले कोरोना महामारीका कारण अनलाइन कक्षा सुरु गरेसँगै त्यहाँ अध्यननरत विदेशी विद्यार्थी मर्कामा पर्ने भएका छन् । गत सोमबार अमेरिकाको इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट(आईसीई)ले अमेरिकामा हाल अनलाइन कक्षा लिइरहेका विदेशी विद्यार्थी स्वदेश फर्कनुपर्ने बताएको छ ।
यो निर्णयसँगै अमेरिकामा अध्ययनरत हजारौं विद्यार्थी, विभिन्न तालिममा सहभागी हुन गएका विदेशी विद्यार्थीहरु प्रभावित हुने भएका छन् ।
कोरोना भाइरसको संक्रमण व्यापक रुपमा फैलिएसँगै अधिकांश अमेरिकी विश्वविद्यालय तथा शैक्षिक संस्थाहरुले अनलाइन कक्षा सुरु गरेका छन् । विश्वकै प्रतिष्ठित हार्वड विश्वविद्यालयले क्याम्पस परिसरमा रहेका विद्यार्थीलाई समेत अनलाइनमार्फत पढाइरहेको छ । तर अमेरिकाको पछिल्लो निर्णयले भने यसरी अनलाइनमार्फत पढिरहेका विदेशी विद्यार्थी स्वदेश फर्कन बाध्य हुने भएका छन् ।
आईसीईले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै यस शैक्षिक सत्रमा भर्ना भएर अनलाइन कोर्स गरिरहेका विद्यार्थीलाई भिसा जारी नगर्ने बताएको छ । आईसीईले अहिले अनलाइनमार्फत पढिरहेका विद्यार्थीलाई पनि भौतिक रुपमै उपस्थित भएर पढाइ हुने कलेज तथा विश्वविद्यालयमै ट्रान्सफर गर्न सुझाव दिएको छ । (एजेन्सी)
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी