लण्डन । संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय श्रम संगठन(आइएलओ)ले गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई कोभिड-१९ सहयोगको लागि ५ करोडको सहयोग प्रदान गरेको छ।
एनआरएनए र आईएलओ जुन २९, २०२० मा ४,२४,३१० अमेरिकी डलर जसको नेपाली जुलाई ४, २०२० को नेपाल राष्ट्र बैंकको दर अनुसार ५,०१,४९, १९८ रहयोग रकमको संझौता भएको छ। अन्तर्राष्ट्रिय श्रम संगठनले बैदेशिक रोजगारीमा गएर समस्यामा परेका श्रमिकहरुको सहयोगको लागि एनआरएनएले गरेको सहयोग प्रस्तावको लागि सो रकम प्रदान गरेको हो।
परियोजना जुलाई १, २०२० देखि फेब्रवरी २८, २०२१ सम्म ८ महिनामा सम्पन्न हुनेछ। यो परियोजना नेपाली श्रमिकहरुको मानविय अधिकार र सहयोगको लागि कोभिड-१९ बाट प्रभावित मलेसिया, युएई, कतार र साउदी अरब गरी चार देशका नेपाली श्रमिकहरुको सहयोगार्थ हो। परियोजनाको रकम कोभिड-१९ ले श्रम बजारमा पारेको प्रभाव अध्ययन गर्न र श्रमिकको हितमा सो रकम खर्चिइने कुरा संझौतामा उल्लेख छ।
गैरआवासीय नेपाली संघले ती मुलुकहरुमा रहेका नेपाली श्रमिकहरुको सहयोगका लागि नेपाली कूटनीतिक नियोगसँग समन्वय गरी कार्यालय स्थापना गरेर आफ्नो कार्य अघि बढाउने तयारी गरेको कुरा संघका अध्यक्ष कुमार पन्तले जानकारी दिए । ती कार्यालयहरुबाट विदेशमा कोरोनाकै कारण कानुनी अड्चनमा परेकाहरुलाई परार्मश दिने तयारी छ, अध्यक्ष कुमार पन्तले भने । यसका साथै सो रकम नेपाल फर्किने श्रमिकहरुका लागि समेत खर्च गरिनेछ।
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल