एनआरएनए राष्ट्रिय ज्ञान सम्मेलन

nrn banar

अमेरिका । गैरआवासीय नेपाली सँघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको ९ औ साधारण सभा तथा राष्ट्रिय ज्ञान सम्मेलन जुलाई ३ देखि सुरु भएको छ। कार्यक्रम उद्घाटनकै क्रममा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पठाउनु भएको एनआरएनए एनसीसी अमेरिकाको ९ औँ साधारण सभाको सफलताको पत्र वाचन गरेर सुनाइएको थियो।

नेपालका परराष्टृमन्त्री प्रदिप कुमार ज्ञवालीले भर्चुअल उद्घाटन गरेसँगै एनआरएनए एनसीसी अमेरिकाको साधारण सभा तथा राष्टिृय ज्ञान सम्मेलन अगाडि बढिरहेको छ। अनलाईन मार्फत भईरहेको यस सम्मेलनका परराष्टृमन्त्री ज्ञवालीले ब्यानर पढेर उद्घाटन गरेका हुन । कार्यक्रमका प्रमुख अतिथि परराष्टृमन्त्री ज्ञवालीले कोरोनाका कारण बिश्व आक्रान्त भैरहेको यस्तो अवस्थामा पनि साधारण सभा तथा ज्ञान सम्मेलन गर्न लागेकोमा प्रसन्नता व्यक्त गर्दै अमेरिकामा सिकेका ज्ञान प्रबिधि र बिज्ञानलाई नेपाल सम्म पुर्याउन र नेपालको बिकासमा लगाउन नेपाल सरकार सदैव स्वागतयोग्य रहेको बिचार व्यक्त गरे । ज्ञानको खानि मानिने अमेरिकामा नेपालीले सिकेका जतिपनि ज्ञान बिज्ञानका जानकारिहरु छन त्यस्लाई नेपालले एउटा सम्पदाको रुपमा हेर्दै बिकासको अनन्य सहयोगीको रुपमा भित्र्याउन नेपाल सरकार आतुर छ। अहिलेको परिस्थितिलाई देखाउदै अहिलेको अवस्थामा देश आर्थिक मन्दितिर जान लागेको र धेरै बिदेशियका नागरिक नेपाल आएका कारण नेपालमा बेरोजगारको सँख्या बढ्दै जाने स्थिती आएकाले अव गैरआवासिय नेपाली परिषदले अव नेपालमा सकेसम्म धेरै लगानि गरेर देशलाई सहयोग गर्नु पर्ने धारण राखे ।

गैरआवासीय नेपाली सँघका अध्यक्ष कुमार पन्तले संघको स्थापना नै गैरआवासीय नेपालीको समस्यालाई समाधान गर्न र नेपालको बिकास गर्नका लागि रहेको बताए । अध्यक्ष पन्तले नेपालमा अहिले सम्म केहि लगानी गर्नसके पनि सिप र प्रबिधि अझै पुर्याउन नसकेको स्वीकार गरे । गैरआवासीय नेपालीले सिकेका ज्ञान, सिप र प्रबिधिको सम्मेलनले नेपालमा ठुलो सहयोग पुर्याउनेमा अपेक्षा उनको थियो । गैरआवासीय नेपाली सँघले सामुहिक लगानी गर्ने कार्य सँचालनमा ल्याउदा ल्याउदै कोभिड १९ को कारण रोक्नु परेको र यस्लाई निरन्तरता दिने बताए । कोरोना महामारिको यस अवस्थामा गैरआवासीय नेपाली सँघले २ करोड २० लाख बरावरको स्वास्थ्य सामाग्री राहतका रुपमा नेपाल पठाएको जानकारी गराए । यस्तै ९ करेड रकम बराबरको राहत अहिले गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदले बिभिन्न देशमा पुर्याएको बताउदै उनले अझै पनि सहयोगका कार्य जारि रहेको जानकारी दिए ।
बिशेष अतिथिको रुपमा बोल्दै अमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुन कार्कीले धेरै नेपाली युवा अमेरिकामा रहेको र उनिहरुले सिकेको सिप आर्जन गरेका ज्ञान नेपालमा लैजाने वातावरण सिर्जना गर्नु पर्नेमा जोड दिए । उनले यसरी आयोजना भएको ज्ञान सम्मेलनले यस्ता अवसर प्रदान गर्न सक्ने भन्दै ज्ञान बिज्ञान लाई वढवा दिन र नेपाल सरकार सँग समन्वय गरि यस्ता बिकासका काम अव गैरआवासीय नेपालीको माध्यमबाट नेपालमा लैजान युवालाई प्रोत्साहन गर्नुपर्ने बताए । उनले नेपाली बिश्वमा निडर, मिलनसार र सहयोगी भनेर चिनिए पनि नेपाली नेपाली बिचमा धेरै बैमनश्यता राख्ने गरेको कुरालाई तर्फ संकेत गर्दै राजदूत डा कार्कीले अव यस्ता ज्ञान सम्मेलनले सबैमा सकारात्मक सोच भरिदियोस भन्ने शुभकामना दिए ।

संघका उपाध्यक्षहरु डा बद्रि के सी, रविना थापा, महासचिव डा हेमराज शर्मा, सचिव गौरी जोशी, कोषाध्यक्ष महेश श्रेष्ठ, क्षेत्रीय संयोजक राजन त्रिपाठी, उपसंयोजक राम पोख्रेल, क्षेत्रीय महिला संयोजक उमा कार्की, आइसीसी सल्लाहकार हरिबोल भण्डारी, एनसीसी अमेरिकाका पूर्वअध्यक्षहरु समेत मन्तब्य राख्दै शुभकामना दिए  ।
यस्तै कार्यक्रममा नेपाली कांग्रेस सहमहामन्त्री डा. रामशरण महत, केन्द्रिय सदस्य डाक्टर शेखर कोइराला लगायतका व्यक्तिहरुले पनि शुभकामना व्यक्त गरे । एनआरएनए एनसिसि अमेरिकाका अध्यक्ष सुनिल साहको अध्यक्षतामा भएको सभामालाइ महासचिव पशुपति पाण्डेले संचलान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री