लण्डन । बेलायतमा जागिर खोज्नु परोस् या कोठा वा घर भाडामा खोज्नु परोस् ‘नेपाली घरभाडा तथा रोजगारीका अवसरहरु’लाई धेरैले सम्झने गरेका छन । तर, त्यो सोसियल ग्रुप कहिले र कस्ले जन्मायो धेरै बेलायतवासी नेपालीहरुलाई थाहा छैन । “सन् २००९ तिर विद्यार्थीहरुको आवगमनसँगै कोठा र घर भाडा तथा रोजगारीका लागि भौतारिँदै अफ लाइसन्सका भित्ता-भित्तामा खाली कोठा भाडा र रोजगारीका अवसरका लागि दैनिक विज्ञापन हेर्नु पर्ने भयो । यो भन्दा त घरमै बसेर यस्तो समस्याका समाधान गर्नुपर्छ भनेर मैले सोसियल ग्रुप खोल्ने निर्णय गरेँ,” विगत सम्झँदै उक्त सोसियल ग्रुपका जन्मदाता शिव पराजुलीले भने । सन् २०१३ मा खोलिएको सो सोसियल ग्रपमा २० हजार भन्दा बढी व्यक्तिहरु सोसियल ग्रुपमा सकृय छन् ।
सामाजिक अगुवादेखि सर्वधारणसम्म उक्त ग्रुपमा छन् । डायस्पोराका नेपालीहरुलाई एक अर्का बीच सम्पर्क गर्न यस्ता सोसियल समूहले निकै सजिलो बनाएको छ । बेलायतमा नेपालीहरुको जनघनत्व बढन थालेसँगै सोसियल मिडियामार्फत नेपालीहरुको समूह बन्दै गएपनि सन् २०१० पछि यसको प्रयोग बढी देखिन थालेको हो । पराजुलीको जस्तै डायस्पोरा नेपाली समुदायलाई अर्काबीच सहयोग आदान प्रदान गर्न खोलिएका र उल्लेख्य सदस्य भएका सोसियल ग्रुपहरु दुई दर्जनभन्दा बढी छन् । तीमध्ये धेरै सोसियल ग्रुपहरु एक्टिभ छैनन् । कतिपयले अर्काको देखेर कपी गरेको देखिन्छ भने कतिपय आफ्ना सदस्यहरु विस्तारका लागि व्यक्तिगत रुपमा निमन्त्रणा दिइरहेका छन् । तर, बेलायतवासी नेपालीहरुले उनीहरुको निमन्त्रणालाई स्वीकार नगरेकाले ग्रुप सोचे जस्तो सदस्यहरुलाई जोड्न सकेको छैन ।
ठूला ठूला संघसंस्थाहरु बाहेक सोसियल ग्रुपहरु चलाउने पत्रकार मिलन शर्मा एडमिन रहेको नेप्लिज लिभिङ इन यूके ८ हजार ६ सय २३ जना जोडिएका छन् । त्यस्तै, एडमिनको नाम लुकाएर खोलिएको नेपाली कम्युनिटि युकेमा ४ हजार ५ सय ९६ जना जोडिएका छन् । त्यसैगरी, साउथ इस्ट निवासी दिनेश गौतमले खोलेको नेपाली इभेन्ट युकेमा ३ हजार ७ सय २७ जना जोडिएका छन् । विनोद दाहाल एडमिन रहेको नेप्लिज इन युके ५ हजार ६ सय ४८ जना ग्रुपमा जोडिएका छन् । त्यसबाहेक इश्वरबहादुर गुरुङ एडमिन रहेको रोयल व्रिटिश रिजन नेपाल ४ सय ५६ सदस्य छन् ।
यसरी सोसियल ग्रुप संचालन गर्ने मध्येका एक शिव पराजुली सात वर्षअघिको घटना सम्झँदै भन्छन, “साउथ इस्ट लण्डनको वुलवीच तथा प्लमस्टिडमा कोठा खोज्ने क्रममा सोसियल ग्रुप बनाउने विचार आएको थियो ।” सन् २००९ मा विद्यार्थीका रुपमा बेलायतमा आएका पराजुलीको रुचि पनि आईटी क्षेत्रमै छ । विदेशको व्यस्त समय र आर्थिक बचतका लागि सोसियल ग्रुपले बेलायतवासी धेरै नेपालीलाई सहयोग गरेको प्रतिक्रिया पाएको उनी बताउँछन् । त्यसो त शर्माको धारणा पनि उस्तै छ । “निजी समयलाई समुदायबीचको सम्पर्क माध्यम बनोस् भनेर ग्रुप बनाएको हुँ” उनले भने, “यो नाफारहित हो । सबैले आ आफ्ना नीजि कुरा लेख्न सोसियल मिडिया चलाए पनि बेलायतवासी नेपालीलाई मात्र सहयोग आदान प्रदान हुने कुराहरु आफ्नो टाइमलाइनमा लेख्दा राम्रो पनि देखिँदैन । त्यसैले यस्ता ग्रुपको आवश्यक परेको हो ।”
सोसियल ग्रुपमा सबैलाई बराबरी व्यवहार गर्ने प्रयास समेत गरेको उनले बताए । सात वर्षको बीचमा उनलाई कतिपय पोष्ट गरिएका सूचनाका कारण धम्की पनि आएका अनुभव उनले सुनाए । “सोसियल ग्रुप भएकाले कतिपय पोष्टका बारेमा थाहा नहुँदा रिपोर्ट आउनेबित्तिकै हटाउने गरेको छु,” उनले भने, “अहिले पोष्टहरु एप्रुभ गरेपछि मात्रै पोष्ट हुने संयन्त्र बनाएका छौं ।” सो ग्रुपमा कस्ता कस्ता पोष्टहरु गर्न पाइने भनेर आचारसंहिता समेत राखिएको छ ।
यस्तो ग्रुपमा घरभाडा, कोठा भाडा, खरीद विक्री, जागिरका खोज्ने र भ्याकेन्सी रहेको जानकारी तथा आ-आफ्ना व्यवसाय प्रोमोशनका विज्ञापनहरु बढी आउने गरेका छन् । तीमध्ये व्यवसाय प्रोमोसन गर्दा भने कम्तीमा १० पाउण्ड लिइने गरिएको पराजुलीले जानकारी दिए । बुटबल स्थायी घर भएका पराजुली युनिर्भसिटीको अध्ययन सकेर आफ्नो व्यवसाय गरिरहेका छन् । त्यस्तै, शर्मा र दाहाल पनि आफ्नो नीजि समयबाट केही समयलाई बचाएर समुदायलाई खर्चिरहेका छन् ।
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक