काठमाडौँ । ढलको पानीमा कोभिड–१९ को विषाणु सार्स (कोभ–२) फेला परेको छ । जापानको यामानासी विश्वविद्यालयमा गरिएको अनुसन्धानमा कोभिड़–१९ रोगको विषाणु सार्स (कोभ–२) फेला परेको दावी गरिएको छ ।
यामानासी विश्वविद्यालयमा सो अध्ययनमा संलग्न डा.ओसन थकालीका अनुसार, कोभिड–१९ सङ्क्रमितको (चाहे लक्षण देखाउने होस् या नदेखाउने) दिसा र पिसाबमा विषाणु सार्स (कोभ–२) पाइएको छ । सो अध्ययन अनुसन्धानमा प्रा. डा. ऐजी हारामोतो, डा. विकास मल्ल, डा. ओशन थकाली र होक्काइडो विश्वविद्यालयका उप–प्राध्यापक डा. मासाकी किताजिमा संलग्न हुनुहुन्थ्यो । सो अनुसन्धान हालै विश्व प्रख्यात जर्नल साइन्स अफ द टोटल इनभाइरन्मेन्टमा प्रकाशित भएको डा.ओसन थकालीले जानकारी दिनुभयो ।
डा. थकालीका अनुसार, ढलको पानीमा कोरोनाको आरएनए पाइए पनि कोरोना लामो समय जीवित रहन नसक्ने र कोरोना पानीमा कम मात्रामा हुनाले पानीबाट सर्न सक्ने कमै सम्भावना हुन्छ । यद्यपि, ढल प्रशोधन केन्द्रमा काम गर्नेहरूले सतर्कता अपनाउन पर्ने जनाइएको छ । यसरी ढलमा विषाणुहरू अध्ययन गरेर त्यस समुदायमा सो विषाणुले सार्ने रोग कति फैलिएको छ भनेर आङ्कलन गर्न मद्दत पुग्छ । यस्तो किसिमको अध्ययनलाई वेस्ट वाटर बेस्ड ऐपिडेमीयोलोजी भनिन्छ ।
कोभिड–१९ का सङ्क्रमितमा प्रायः लक्षण नदेखाउने भएकाले अस्पताल नजाने र त्यस्ता ठाउँमा महामारी नभएको अनुमान लगाउने गरिएको छ । त्यसैले ढलको पानीमा सार्स (कोभ–२) को आरएनए परीक्षण गरी कुन कुन स्थानमा कोभिड–१९ फैलिएको छ भनेर पत्ता लगाउन सकिने डा. थकालीले जानकारी दिनुभयो । क्लिनिकल स्वाबसँंगै ढलको पानीमा अनुसन्धान गरेर यस महामारी रोक्न थप मद्दत पुग्ने सुझाव डा. थकालीको छ । कोभिड–१९ मात्र नभई अन्य रोगको यसै विधिबाट छानबिन गर्न सकिने विज्ञहरूको धारणा छ ।
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल