मेलबोर्न।अस्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबोर्नमा ठूलै संख्यामा कोरोनाभाइरसबाट संक्रमित देखिएको भन्दै शुक्रबार स्वास्थ्यकर्मी व्यापक परिचालन गरेर परीक्षण आरम्भ गरिएको छ ।
गए राति मेलबोर्नमा कोविड–१९ का नयाँ ३० जना संक्रमित भेटिएका स्वास्थ्य अधिकारीहरुले बताएका छन् । स्वास्थ्य अधिकारीहरुले अस्ट्रेलियामा कोरोनाभाइरस प्रसारको दोस्रो लहर आउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । विगतमा अस्ट्रेलियाले कोविड–१९ को रोकथामका लागि निकै सफल मानिएको थियो ।
मेलबोर्नमा विगत १० दिनदेखि कोरोना संक्रमितको संख्यामा लगातार दुई अंकको वृद्धि देखिएको छ । छिमेकी भिक्टोरिया राज्यमा पनि यही अवस्था छ । तर अस्ट्रेलियाका अरु राज्यमा केही हप्तादेखि कोरोना संक्रमितको संख्या नगण्य मात्र छ ।
सरकारले गएको सप्ताहान्तदेखि मेलबोर्नका अति प्रभावित क्षेत्रमा झण्डै २०० सैनिक परिचालन गरेको छ । उनीहरुले कोरोनाभाइरसको परीक्षणमा स्वास्थ्यकर्मीहरुलाई मद्दत गरिरहेका छन् । स्वास्थ्यकर्मीहरु मानिसका घरघरै गएर स्वास्थ्य परीक्षणमा जुटेका छन् ।
अस्ट्रेलियाली सेनाले परीक्षणमा सघाउन शुरुमा एक हजार सैनिक खटाउने घोषणा गरेको थियो । सैनिकलाई विदेशबाट फर्केहरु दुई साताको क्वारेन्टिनमा अनिवार्य बस्नुपर्ने नियमको पालना भए नभएको रेखदेख गर्ने जिम्मेवारी पनि दिइएको छ । तर राज्य सरकारले सेनाको संख्या कटौती गरी २०० मा झारेको छ ।
भिक्टोरियाका प्रधानमन्त्री डानियल एन्ड्रुजले तोकिएको क्षेत्रमा १० दिनभित्र एक लाख व्यक्तिको परीक्षण गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो । राज्यका उपस्वास्थ्य प्रमुख अन्नालिस भान डिमिनका अनुसार २४ घण्टामा यहाँ करिब २० हजारको परीक्षण गरिएको छ ।
मेलबोर्नमा कोरोनाभाइरस संक्रमित व्यक्तिको संख्या ह्वात्तै बढेपछि अधिकारीहरु तनाबमा परेका छन् । कतिपय राज्यहरुले भिक्टोरियाका नागरिकको सम्पर्कमा नआउन आग्रह गरिरहेका छन् ।
अस्ट्रेलियामा हालसम्म करिब सात हजार ५०० कोरोना संक्रमित भेटिएका र त्यसमध्ये करिब एकसय चार जनाको मृत्यु भएको थियो । करिब २ करोड ५० लाख जनसंख्या रहेको अस्ट्रेलियाका धेरैजसो स्थान अहिले भाइरसमुक्त भइसकेको विश्वास गरिन्छ ।
कोरोना संक्रमण तिब्र भएसँगै अस्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय सीमा र अन्तर्राष्ट्रिय हवाई सेवा बन्द गर्नुका साथै सामाजिक दूरी समेतका आंशिक लकडाउनका उपायलाई कडाईका साथ कार्यान्वयन गरेको थियो ।
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी