कुवेत।कोरोना भाइरसको माहामारी पछी कुवेतमा विभिन्न समस्यामा परेका नेपालीहरूलाई फर्काउने क्रम शुरु भएको छ।यसै क्रममा २५ जून २०२० का दिन नेपाल एयरलाइन्सको उडान नम्बर RNA2377/2378 को विमान मार्फत १४९ नेपालीहरू स्वदेश फर्किए।त्यसैगरी २४ जून २०२० का दिन हिमालय एयरलाइन्सको उडान नम्बर H95714 को विमान मार्फत १५५ जना नेपालीहरू स्वदेश फर्किएका हुन।
यसरी चर्टर उडान मार्फत फर्किनेहरुमा स्वदेश फर्कनै पर्ने अवस्थामा रहेका गर्भवती महिला, कोरोना बाहेकका गम्भीर रोग लागी विरामी परेकाहरु, नजीकको नातेदारको मृत्यु भइ मृत्यु संस्कारका लागि नेपाल जानु पर्ने व्यक्तिहरु, अपांगता भएका लगायतका व्यक्तिहरु भएको नेपाली राजदुताबासले बिज्ञप्ती मार्फत जनाएको छ। त्यसै गरी गैरकानुनी रुपमा कुवेतमा बस्दै आएका र आममाफी मार्फत कुवेत सरकारको आश्रय स्थलमा रहेका २९९१ जना मध्ये १५६५ जना नेपाल फर्किएका छन।उनिहरुलाई कुवेतको जजिरा एयरवेजको १० वटा उडान मार्फत कुवेत सरकारले निशुल्क नेपाल पुर्याएको हो भने बाँकीलाई पनि क्रमश लगिने राजादूताबासले जनाएको छ।
यसैबिच एनआरएनए एनसिसी कुवेतको अगुवाइमा कुवेतमा भएका विभिन्न नेपाली संघ-संस्थाहरुको प्रतिनिधित्व सहित कुवेतमा समस्यामा परेका नेपाली कामदारहरुलाई सहज रुपमा स्वदेश फर्काउने लगाएतका विभिन्न बिषयहरु समामेबेस गरीएको बिज्ञप्ती दूताबासमा बुझाइएको छ।जुन-२४,२०२० का दिन नेपाली राजदूताबास कुवेतमा गएर दूताबासका कुटनैतिक कर्मचारीहरुको माझमा राजदूत दूर्गा प्रसाद भन्डारीलाई ज्ञापन पत्र बुझाउदै विभिन्न बिषयमा छलफल गरिएको थियो।
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी