लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)का महासचिव हेमराज शर्माले राजनीतिक दलका भातृसंगठनका कार्यसमितिमा रहेकालाई आफ्नो संस्था वा एनआरएनए मध्ये एक रोज्न “उर्दी” जारी गरे । कार्यसमितिमा काम गरिरहेका नेपालका राजनीतिक दलका विदेशस्थित भातृ संस्थाहरुमा कार्यसमितिमा रहेकालाई २५ फ्रेवुअरी २०२० सम्ममा राजीनामा नदिए कारवाही गर्ने ‘धम्की’ दिए । शर्माको चेतावनी सामुन्ने टिक्न नसक्नेहरुले भटाभट राजीनामा पत्र लेखी एनआरएनएमा पठाए । केहीले संघका अध्यक्ष कुमार पन्त तथा आ-आफ्ना निकट पदाधिकारीहरुलाई सम्पर्क गरी के गर्ने भन्दै जिज्ञासा राखे । प्रायः सबैले ‘अहिलेलाई राजीनामा पत्र पठाई रहनु’ भन्ने अमूर्त जवाफ पाएपछि डराउने मध्येका अधिकांशले गुपचुप रुपमै राजीनामा पत्र बुझाए ।
राजनीति दलका भातृ संघ संगठनमा सकृयहरुले एनआरएनएबाट राजीनामा नदिने हुन् कि भन्ने आंशकाले महासचिव शर्माले राजीनामा नदिए कारवाही गर्न बाध्य हुने सन्देस बारम्बार प्रवाह गरी रहे । उनका समर्थकले संसारभर हल्ला गरे – राजनीति मुक्त एनआरएनए । लामो समयसम्म एनआरएनएमा विधान समितिमा बसेका शर्मा अक्टोबर २०१९ मा महासचिव निर्वाचित भएपछि संघमा आफ्नो कार्यकारी भूमिका देखाउन कडा रुपमा प्रस्तुत भए ।
कार्यकारी पदमा पहिलो पटक आएका शर्माका बारेमा थाहा नपाउनेहरु अलि डराए । उनको कारवाही चेतावनीपछि दलहरुका भातृसंस्थाहरुमा र एनआरएनमा दुवैतर्फ पद होल्ड गरेकामध्ये लगभग सबैले २५ फ्रेवुअरीभित्र संघमा राजीनामा बुझाएको दावी शर्माले सामाजिक संजालमा गरे । एनआरएनएमा महत्वपूर्ण पदमा रहेर पार्टीमा राजीनामा बुझाउनेमा कुन-कुन मुलुकका छन् भन्ने बारेमा जिज्ञासा राख्दा उनले गोपनियताका कारण देखाउदै सार्वजनिक गर्न मानेनन् । “हामीले राजनीतिक दल वा एनआएनए पदाधिकारी मध्ये एक रोज्न भनेका थियौ,” उनले उत्साहित हुँदै भने, “प्रायः सबै साथीहरुले एनआरएनलाई राजनीति मुक्त गराउन सहयोग गर्नु भएको छ ।”
राजनीति दलका भातृ संगठनहरुमा बस्ने र एनआरएनए जिम्मेवारी लिँदै दोहोरो भूमिका निर्वाह गर्नेहरु निस्कृय रहे । प्रायः सबैलाई लाग्यो साँच्चै एनआरएनए राजनीति दलको प्रभावमुक्त हुन लागेको हो त ? यही आशंका बीचमा शर्माको दाबी चार महिना मै झुठो सावित भयो । गत जुन २० शुक्रबार नेपाली जनसम्पर्क समितिका अध्यक्षहरुले १४ औं महाधिवेशनमा प्रवासबाट प्रतिनिधित्वका सुनिश्चितता गर्न ज्ञापन पत्र बुझाएपछि शर्माको दावी ‘हावादारी’ सावित भयो ।
शर्माको दावीलाई आधारहीन बनाउनेमा काँग्रेस निकट नेपाली जनसम्पर्क समितिहरु पहिलो पंक्तिमा उभिए । जनसम्पर्क समितिहरु बेल्जियम, अमेरिका, क्यानाडा, अस्ट्रेलिया र बेलायतलगायतले माउ पार्टी काग्रेसको १४ औं महाधिवेशन प्रतिनिधि बन्न काँग्रेस सभापति शेरवहादुर देउवा समक्ष ज्ञापन पत्र बुझाए । ज्ञापन पत्र बुझाउनेमा शर्मासँगै कार्यसमितिमा काम गरिरहेका यूरोप क्षेत्रका संयोजक नारायण आचार्य (नेदरल्याण्ड), उपसंयोजक शुक्रराज न्यौपाने (आयरल्याण्ड) जनसम्पर्क समिति अमेरिकाका प्रमोद सिटौला (आइसिसि सदस्य) छन् र जनसम्पर्क समिति अमेरिकाका उपाध्यक्ष सीपी पौडेल (एनआरएनए अमेरिकाका केन्द्रीय सदस्य) छन् । जनसम्पर्क समितिहरुका अध्यक्षहरुको अगुवाईमा हस्ताक्षरसहित कांग्रेस सभापति शेरवहादुर देउवालाई बुझाइएको ज्ञापन पत्र उनीहरुमध्ये धेरैले सामाजिक संजालमा सगौरव शेयर गरे ।नेकपा निकट प्रवासी नेपाली एकता मंचका नेताहरुले अहिलेसम्म औपचारिक रुपमा एनआरएनएसँग र पार्टीसँगको दोहोरो सम्बन्ध सार्वजनिक गरेका छैनन् ।
दैनिक सामाजिक संजालमा संघका निर्णय सार्वजनिक गर्ने र फेसवुक लाइभमा रमाउने शर्मालाई त्यो थाहा नहुने कुरै भएन । तर पनि शर्मा यसबारेमा मौन छन् । शर्माले यो समाचार तयार हुँदासम्म न कारवाही पत्र थमाएका छन् न त प्रक्रिया नै अघि बढाएका छन् । शर्माका कार्यशैली हेर्दा राजनीति मुक्त एनआरएनए रमिता जस्तै बन्दै गएको छ । किनकि राजनीतिक संस्थाहरुकै महत्वपूर्ण पदमा कार्यकाल सकिएपछि एनआरएनएमा प्रवेश गरेका सयौँ व्यक्तिहरु एनआरएनए अभियन्ताको परिचय बोकेर समाजमा चिनिएका छन् । जसका मुख्य कार्यथलो नै राजनीतिक दलका भातृ संस्थाहरु हुन् ।
शर्मा आफै कांग्रेसको ‘कोटा’मा महासचिव
हुन त गत अक्टोबरको निर्वाचनमा संघ अध्यक्ष कुमार पन्त नेकपाका पार्टी कार्यकर्ताका रुपमा प्रस्तुत हुँदै मुख्य नेताहरुको दैनिक रुपमा घरदैलो गर्दा शर्मा पनि सँगै थिए । महासचिवमा शर्माले आफ्नो ‘पीएचडी डाक्टर’को सर्टिफिकेटले नपुगेर काँग्रेसको सदस्यता कम्युनिस्ट नेताहरुलाई देखाएकै हुन् । त्यही काँग्रेस ‘कोटा’ले उनलाई यो महासचिव पदमा आसिन हुन सजिलो बनाएको थियो ।
महासचिव निर्वाचित हुन प्रधानमन्त्री केपी ओली, पूर्वप्रधानमन्त्रीद्धय माधव नेपाल र पुष्पकमल दाहाल तथा उपनेता सुभाष नेम्वाङका घरका दैलोमा हाजिर लगाउन शर्मा स्वयं पुगेका थिए ।
एनआरएनए महासचिव भएपछि शर्माले पूर्वकार्यकारी अधिकृत हेमन्त दवाडीको राजीनामा गर्न लगाए भने अर्का कार्यकारी अधिकृत राजेश रानालाई स्पष्टीकरणको पत्र काट्न लगाए । शर्मालाई काँग्रेसका नेताहरुले कार्यकारी पदमै बसेर एनआरएनएमा काम गरेर ठाडो चुनौती दिएका छन् । यस्तो अवस्थामा शर्मा थाहा नपाएको झैँ नाटक गर्छन् कि पूर्वप्रतिवद्धता अनुसार कारवाही गर्न अघि बढ्छन त्यो थाहा पाउन भने केही समय कुर्नु पर्छ ।
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी