
अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद (एनसीसी) अमेरिकाले सङ्कटमा परेका अमेरिका बासी आम नेपाली महिलाहरूको लागी हटलाइन सेवा सुरु गरेको छ।
कुनै पनि आपतकालिन सेवा र परामर्श तथा घरेलु हिंसा एवम उद्दारका लागी अब २४ घण्टा नै खुल्ला रहने गरेर ८४४ ६७६ २८७२ टेलिफोन नम्बर बाट सेवा सुचारु गरेको हो। साथै निश्चित कानुनी उपचार, र तत्काल राहत एवम अन्य सेवाको लागी पीडितलाई सम्बन्धित निकाय सम्म पु¥याउने र केही निःशुल्क परामर्श र कानुनी प्रावधानका लागि पहल समेत गरिने जानकारी एनआरएनए एनसीसी अमेरिकाकी महिला सँयोजक दिक्षा बस्नेतले दिइन ।
फोन गर्ने प्रक्रियामा माथि उल्लेखित नम्बर डायल गरेपछि प्राप्त निर्देशनअनुसार महिलाका मुद्दा र परामर्शका लागी एक्सटेन्सन ७०० मा थिच्नु पर्ने हुन्छ। महिलाहरुको समस्या र समाधानका लागी संस्थाको तर्फबाट भरपुर पहल गर्ने प्रतिबद्धताका साथ यो सेवा सुरु गरिएको एनआरएनए एनसिसि युएसएले जनाएको छ। प्रवासमा कोही पनि नेपाली महिला अन्याय अत्याचार, दुरब्यबहार र हिंसाको शिकार नबनुन् भन्ने उद्देश्यले हेल्पडेस्क मार्फत विशेष पहल गर्दै समस्या समाधान गरिने छ।
टि डब्लू वारियरले जित्यो १७औँ यलम्बरहाङ कपको उपाधि
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा