
लण्डन । नेपाल सरकारले विदेशमा रहेका नेपालीहरुले चार्टर्ड फ्लाइट लिएर स्वदेश फर्कन पाउने निर्णय गरेको छ। १२ मे २०२० मा शुक्रबार गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा बैदेशिक रोजगारी तथा मानव कल्याणकारी कार्यदलका चेयर पर्सन डा. बद्रि केसीले आयोजना गरेको संघको मिडिया टिमसंगको ब्रिफिङमा उक्त जानकारी दिएका हुन ।
यस अधि नेपाल सरकारले विभिन्न देशका लागि महँगो र अन्य निशुल्क ल्याइदिने एयरलाइन्सलार्इ पन फ्लाइट अनुमति दिएको थिएन। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले यसका लागि पहल गरेको थियो । गैरआवासीय नेपाली संघको मिडिया टिमसंगको ब्रिफिङमा संघका अध्यक्ष कुमार पन्तले नेपाल सरकारले अब फ्लाइट चार्टर गरेर पनि नेपाल आउन सकिने बाटो खोलिदिएको जानकारी गराएका छन । शुक्रवार नै बसेको नेपाल सरकार मन्त्रिपरिषदको बैठकले चार्टर्ड फ्लाइट गरेर स्वदेश फर्कन पाउने निर्णय गरेको हो। यसका लागि संबन्धित देशको राजदूताबासलार्इ अन्तरिक सर्कुलर भएको समेत नेपाल सरकारबाट भएको कुरा अध्यक्ष पन्तले जानकारी गराए ।
संघको मिडिया टिमसंगको ब्रिफिङमा संघका उपाध्यक्ष डा. बद्री केसीले कोभिड -१९ को विश्वब्यापी अवस्था, विदेशबाट स्वदेश फर्कने नेपालीहरुको लागि भएका प्रयास, गतिबिधि र पछिल्लो अवस्थाबारे जानकारी गराएका थिए । सो अवसरमा गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्मा, सचिव आरके शर्मा र मिडिया टिमका सदस्यहरुको उपस्थिति रहेको थियो। प्रवक्ता डिबी क्षेत्रीको संयोजनमा मिडिया टिमसंगको ब्रिफिङ कार्यक्रम आयोजना गरिएको हो।
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?