
लण्डन । नेपाल सरकारले विदेशमा रहेका नेपालीहरुले चार्टर्ड फ्लाइट लिएर स्वदेश फर्कन पाउने निर्णय गरेको छ। १२ मे २०२० मा शुक्रबार गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा बैदेशिक रोजगारी तथा मानव कल्याणकारी कार्यदलका चेयर पर्सन डा. बद्रि केसीले आयोजना गरेको संघको मिडिया टिमसंगको ब्रिफिङमा उक्त जानकारी दिएका हुन ।
यस अधि नेपाल सरकारले विभिन्न देशका लागि महँगो र अन्य निशुल्क ल्याइदिने एयरलाइन्सलार्इ पन फ्लाइट अनुमति दिएको थिएन। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले यसका लागि पहल गरेको थियो । गैरआवासीय नेपाली संघको मिडिया टिमसंगको ब्रिफिङमा संघका अध्यक्ष कुमार पन्तले नेपाल सरकारले अब फ्लाइट चार्टर गरेर पनि नेपाल आउन सकिने बाटो खोलिदिएको जानकारी गराएका छन । शुक्रवार नै बसेको नेपाल सरकार मन्त्रिपरिषदको बैठकले चार्टर्ड फ्लाइट गरेर स्वदेश फर्कन पाउने निर्णय गरेको हो। यसका लागि संबन्धित देशको राजदूताबासलार्इ अन्तरिक सर्कुलर भएको समेत नेपाल सरकारबाट भएको कुरा अध्यक्ष पन्तले जानकारी गराए ।
संघको मिडिया टिमसंगको ब्रिफिङमा संघका उपाध्यक्ष डा. बद्री केसीले कोभिड -१९ को विश्वब्यापी अवस्था, विदेशबाट स्वदेश फर्कने नेपालीहरुको लागि भएका प्रयास, गतिबिधि र पछिल्लो अवस्थाबारे जानकारी गराएका थिए । सो अवसरमा गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्मा, सचिव आरके शर्मा र मिडिया टिमका सदस्यहरुको उपस्थिति रहेको थियो। प्रवक्ता डिबी क्षेत्रीको संयोजनमा मिडिया टिमसंगको ब्रिफिङ कार्यक्रम आयोजना गरिएको हो।
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल