खाडी र मलेसियाका श्रमिकहरुको एउटै गुनासो ‘चार्टर उडान धेरै महँगो’

कुवेत-कोरोना संक्रमणबाट बच्न लामो समय देखि बिश्वका अधिकांश देशहरुले आन्तरिक र अन्तरास्ट्रिय व्यावसायिक उडानहरु रोकेका छन।मार्च १५ तारिक २०२० बाट बिश्वका प्राय: मुलुकहरूले रोकेको व्यावसायिक उडान अझै सुचारु हुन सकेका छैनन।नेपाल र बढी नेपालीहरुले काम गर्ने मध्यपूर्ब(खाडी मुलुकहरु)अनि मलेसियामा पनि कोरोना संत्रासकै कारण कतै पूर्ण त कतै आंशिक बन्दाबन्दी(लकडाउन) चलिरहेको छ।

जसका कारण धेरै नेपालीहरुले रोजिरोटि गुमाएका छन।यसै गरि बिबिध कारणले नेपाल फर्किनै पर्ने अप्ठेरो अबस्थामा रहेका श्रमिक दाजुभाइ-दिदिबहिनीहरु पनि उडान नहुनाले सम्बन्धित मुलुकहरूमै बाध्यात्मक बसाईमा रहेका छन।
सामान्य रोजगारी र कम पारिश्रमिक हुने खाडी र मलेशियामा कार्यरत धेरै नेपाली श्रमिकहरु कोरोना प्रकोपबाट सृजित असामान्य परिस्थितिका कारण जागिरबाट निकालिएका छन।धेरै नेपाली श्रमिकहरु यतिबेला कामबाट निकाला (टर्मिनेशन), करिब ४ महिना देखि बेतलबी (नो वर्क-नो पेई), बार्षिक बिदा कटौती,लामो छुट्टी (करिब ६ महिना सम्मको पनि),स्वैच्छिक अबकास (भोलेन्टरी रिजाइन),८० प्रतिशत सम्मको पारिश्रमिक कटौती लगाएतको विभिन्न अप्ठेरो परिस्थितिमा रहेका छन।

यसैगरि आफनो कार्य अबधि सकिएका, पारिवारिक तथा ब्यापारिक भ्रमण, अध्यन-अध्यापन, तालिमहरुमा आएकाहरु, कोरोना बाहेक नेपालमै उपचार गराउनु पर्ने रोग लागेकाहरु, गर्भवती महिलाहरु, परिवारका सदस्यको मृत्यु भएका लगाएत धेरै नेपालीहरु यतिबेला “जसरी पनि घर जानै पर्ने” बाध्यात्मक अबस्थामा छन।
लामो समय देखि श्रमिक सन्जाल लगाएत ईक्यूडम नेपाल, सिएमआइआर, ल्याप्सोज र समता फाउन्डेसनले शुरु गरेको “घर जान पाउँ” अभियान, विभिन्न माध्यमबाट पिडितहरु र परिवारले गरेका अनुरोधहरु, नेपाली राजदूताबासहरु, एनआरएन लगाएत विभिन्न नेपाली संघ- संस्थाहरु, मानव अधिकार कर्मिहरुको प्रयासमा यति बेला बिदेशमा घर जानै पर्ने अप्ठ्यारो अबस्थामा रहेका नेपालीहरुलाई फर्काउन नेपाल सरकारले शुरूवात गरेको छ।

विभिन्न देशबाट गरिने चार्टर उडान तालिका र भाडा दर नेपाल सरकारले जारी गरिसकेको छ।तर नेपाल सरकारले निर्धारण गरेको “चार्टर उडान धेरै महँगो” भएको खाडी रास्ट्रहरु र मलेशियामा कार्यरत श्रमिकहरुले गुनासो गर्न थालेका छन ।
नेपाल सरकारले कम पारिश्रमिकमा न्यून आम्दानी गर्ने र धेरै श्रमिकहरु रहेका देशहरुबाट नेपाल जान ओमन ५१० डलर, साउदी अरब दमाम ५९० डलर, साउदी अरब रियाद ६३० डलर, साउदी अरब जेदाह ७७० डलर, मलेसिया ५२० डलर, दोहा, कतार ५४५ डलर, युएई ५०० डलर, कुवेत ५७० डलर, बहराइन ५४५ डलर लगाएतको चार्टर उडान भाडादर तोकेको छ।बिदेशमा अप्ठ्यारो अबस्थामा लामो समय देखि स्वदेश फिर्तिको पर्खाईमा रहेका र घर फर्किन हारगुहार गरिरहेका अधिकांश श्रमिकहरु यति बेला उडान भाडा अत्याधिक महँगो भएको र यति धेरै पैसा तिरेर आफुहरु फर्किन नसक्ने अबस्थामा रहेको बताई रहेका छन।
कुवेतका बिमल कुवर भन्छ्न”करिब ४ महिना देखि काम र दाम केहि छैन,खाना खान पनि अरुको भर (राहत) गर्नु परेको अबस्थामा यति महंगो टिकट कसरी काटन सक्नु?”यस्तै कुवेतकै आयुफ लुटेल, प्रसाद लामिछाने, अर्जुन दवाडी, नवीन खडका, लक्ष्मी कान्त शर्मा पनि हवाई टिकटको मुल्य देखे पछि झन अन्यौलमा छन।
त्यसै गरि यूएईका सुनिल भुसाल मार्च २१ मा नेपाल एयरलाइन्स मार्फत घर जाने टिकट लिएर त्यहाँको भिसा क्यान्सिल गरेर तयारी गर्दै गर्दा उडान रोकिए पछि यूएईमै ३ महिना देखि बेतलबी बसाईमा छन।उनी प्रतिप्रश्न गर्छन”अहिले नेपाल एयरलाइन्समा कुरा गर्दा चार्टर उडानमा पुरानो टिकट चल्दैन,सामान्य उडान भए पछि त्यही टिकट प्रयोग गर्नुस भन्ने उतर आयो।यति लामो बेतलबी बसाई पछि ५०० डलरको टिकट कसरि काटनु?” यूएईकै नरेश पर्छाई, हेम पिडि लगाएको समस्या र गुनासो उस्तै छ “घर जान पाउँ”भनी रहदा भाडा आकासियो, अब टिकट कसरी काट्ने समस्या पर्यो।
साउदी अरबका टीका घले(नाम परिवर्तन) भन्छन”कोरोना त जितियो अब घर जाने मन थियो तर पैसा छैन ७७० डलर कहाँबाट ल्याउने?” उनि आश गर्छन”कसैले टिकट सहयोग गर्लान कि?”
माथिका गुनासाहरु प्रतिनिधि गुनासा मात्र हुन।विशेष गरि फेब्रुअरी २०२० देखि लकडाउनको कारण कम्पनीबाट बेतलबी बसेका, खानाको लागि राहत सामाग्रीको भर पर्नु परेका, यस्तो आपतमा परेका समयमा कम्पनीबाट निकालिएका धेरै श्रमिकहरु चार्टर उडानको भाडा दरले झन चिन्तित छन।
विशेष गरि श्रम स्वीकृती लिदाको समयमा नेपाल सरकारले प्रती ब्यक्ति लिने गरेको १,५००(एक हजार पाँच सय नेरु) वैदेशिक कल्याणकारी कोषको प्रयोग वा सरकारले चार्टर उडानमा केही अनुदान दिएर उडान शुल्क कम गर्न सके बिदेशमा समस्यामा परेका नेपाली श्रमिकहरुले राहत पाउने थिए।नेपाल सरकार र सम्बन्धित निकायहरु अनि श्रमिकको हकहितका लागि काम गर्नेहरु तथा तिनै श्रमिकहरुलाई बिदेश पठाउने मेनपावर व्यावसायिकहरुले चार्टर उडानको भाडा घटाउने तर्फ पहल गर्न अत्यावश्यक छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री