मस्कट । नेपाली राजदूतावास ओमानले कोभिड १९ को संक्रमणका कारण असहज भएका कारण स्वदेश फर्किनु पर्ने नेपालीहरुलाई नाम दर्ताको लागि आग्रह गरेका छ । ९ जुन २०२० मंगलबार नेपाली राजदूतावास ओमानले जारी गरको सूचनाअनुसार स्वदेश फर्कनु पर्ने नेपालीहरुले तोकिएको मापदण्ड अनुरुप प्राथमिकताका आधारमा ७ दिन भित्रको कोरोना टेस्टको रिपोर्ट सहित नाम टिपाउन आग्रह गरेको हो ।
ओमानबाट नेपाल फर्कने नेपालीहरुको पहिलो उडान १५ जुन २०२० मा हुनेछ। स्वदेश फर्कनको लागि भाडा प्रतिव्यक्ति १ सय १५ ओमानी रियल तोकिएको कुरा पनि सूचनामा उल्लेख गरिएको छ । नेपाल फर्किन चाहने नेपालीहरुले कोभिड १९ को पिसिआर टेष्टको रिपोर्टअनुसार फ्लाइट हुने भएकोले सो रिपोर्ट तयार गर्न समेत भनेको छ।
नेगेटिभ रिपोर्ट आउनेहरुले सलाम एयरको कस्टमर सर्भिस सेन्टरको नम्बर २४२७२२२२ मा सम्पर्क गरि जानकारी लिएर टिकेट खरिद गर्नुपर्नेछ। त्यसैगरी थप जानकारी लिनुपरेमा भने ७१५९२४९० या ७१५९२५०६ अथवा ७१५३०८४० मा सम्पर्क गर्नको लागि भनिएको छ।
नेपालीहरुलाई स्वदेश फर्कनको लागि नेपाली महामाहिम राजदुत र दूतावासको ठूलो योगदान रहेको कुरा गैरआवासीय नेपाली संघका प्रवक्ता डिबी क्षेत्रीले जानकारी दिए । प्रवक्ता क्षेत्रीकाअनुसार पहिलो फ्लाइट जुन १५ मा हुनेछ। यो फ्लाइटबाट नेपाल पुगेका र परिक्षण पछि नेगेटिभ रिपोर्ट आएकाहरुले घर जान पाउने छन्। तर उनीहरुले स्वदेश गएर दुई साता सेल्फ आइसोलेशनमा बस्नु पर्नेछ।
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी